सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा मजबुद बनाउन चितवनमा दुई सयबढी सिसि क्यामरा जडान गरिंदै


  •    /२६ श्रावण २०७६, आईतवार २१:५६ 
  • चितवन ।  शान्ति सुरक्षालाई थप मजबुद बनाउन चितवनको विभिन्न स्थानमा दुई सयभन्दा बढी सिसी क्यामरा जडान गर्ने प्रक्रिया थालिएको छ ।

    जिल्लाको बजारक्षेत्रमा यसअघि ४१ सिसी क्यामरा जडान गरिए पनि आर्थिक समस्याका कारण सञ्चालनमा समस्या हुँदै आएका बेला विभिन्न क्षेत्रमा सयाँै सिसी क्यामरा थप्न लागिएको हो ।

    पुरानो क्यामरामा नयाँ थप गरेर २८५ वटा सिसी क्यामरा सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार क्यामरा जडानका लागि सर्वेक्षणको काम सकिएको छ । क्यामरा जोड्न रु ९० लाखभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यसमा ७५ प्रतिशत गृह मन्त्रालय र बाँकी २५ प्रतिशत रकम स्थानीय निकायसँग माग गरिएको उहाँले जानकारी दिनुभयो ।

    यसपटक भरतपुर महानगरपालिकाको ९१ स्थानमा १६०, रत्ननगर नगरपालिकाको १० स्थानमा १५, कालिका नगरपालिकाको आठ स्थानमा १२, खैरहनी नगरपालिकाको छ स्थानमा आठ, माडी नगरपालिकाको सात स्थानमा १४ र इच्छाकामना गाउँपालिकाको नौ स्थानमा १७ वटा सिसी क्यामरा राख्ने ठाउँको पहिचान भइसकेको जनाइएको छ ।

    जडान गर्न लागिएको सिसी क्यामरा सामान्य, घुम्ने र उच्च प्रविधिको खालका छन् । प्रहरी उपरीक्षक मल्लका अनुसार सिसी टिभी निगरानी कक्षा स्थानीय तहको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहनेछ । यसको नियन्त्रण जिल्ला प्रहरी कार्यालय चितवनले गर्ने छ ।

    जिल्लामा यसअघि जडान गरेको ४१ मध्य पाँच वटा मात्रै सञ्चालनमा छ । बिग्रिएका क्यामराको मर्मत गर्ने काम शुरु भइसकेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो । सिसी क्यामरा जडान गरेपछि जिल्लामा हुने दुर्घटनाको कारण पत्ता लगाउन, भागेको सवारीसाधन नियन्त्रण गर्न र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको पहिचान गर्न सहयोगी हुनेछ । क्यामरा सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह र व्यावसायिक संस्थाको सहकार्यमा मर्मत गर्ने सहमति पनि भएको जनाइएको छ ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.