सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं ३ को राजधानी सर्दैन : मुख्यमन्त्री पौडेल


  •    /२६ श्रावण २०७६, आईतवार २०:१७ 
  • हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उहाँले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको बताउनुभयो ।

    मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताउनुभयो । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको उहाँको भनाइ थियो । “हेटौँडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको छु”, उहाँले भन्नुभयो ।

    मुख्यमन्त्री पौडेलले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडकको दायाँ–बायाँ १६÷१६ मिटर मात्र भत्काएर सडक विस्तार गरिनुपर्ने धारणा राख्नुभयो । बैकल्पिक मार्गको बोलपत्र आह्वान भइसकेकाले मुख्य बजारलाई चिरेर राजमार्ग बनाउन नहुने उहाँको भनाइ थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.