सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवजात शिशुलाई भेन्टिलेटरमा राख्न लैजान्छु भन्दै बाबुले लगे अन्त्येष्टी गर्न


  •    /२६ श्रावण २०७६, आईतवार २१:३१ 
  • चितवन । गम्भीर अवस्थामा रहेको नवजात शिशुलाई भेन्टिलेरमा राख्न लैजान्छु भन्दै आफ्नै बाबुले अन्त्येष्टी गर्न देवघाट लगेका छन् । देवघाटमा पुर्न लागिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीको सहायताले बच्चाको उद्धार गरी अस्पताल पठाईएको छ । उक्त घटना शंकास्पद देखिएपछि पुरेको बच्चालाई पनि प्रहरीले उत्खनन् गरी अनुसन्धानका लागि ल्याएको छ ।

    घटना विवरण अनुसार गत बिहीबार भरतपुर महानगरपालिका वडा नं. २५ चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिईन । जन्मिएका शिशु मध्ये एकको मृत्यु भएको र अर्को एक गम्भीर अवस्थामा जीवित रहेको थियो । शुक्रबार बच्चाका बाबु भरतपुर २५ का राजु खनालले चितवन मेडिकल कलेजको भेन्टिलेर महंगो रहेकाले आफूले भरतपुर अस्पतालको भेन्टिलेरमा राख्न लैजान्छु भन्दै मेडिकल कलेजबाट निकालेर देवघाटतर्फ लगेका थिए ।

    देवघाटमा खाल्टो खनेर एउटा बच्चा गाडिसकेको र अर्काे गाड्ने क्रममा स्थानीयले बच्चा जीवितै रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल जीवित रहेको बच्चालाई पुनः चितवन मेडिकल कलेजमा उपचारका लागि पठाएको थियो भने गाडिएको बच्चाको पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोईरालाले बताउनुभयो ।

    सुत्केरी आमाको भने चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । अस्पताल फर्काईएको शिशुको पनि चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । शुक्रबार ४ बजेको समयमा शिशुहरु पुर्ने कार्यमा संलग्न बाबु खनाल सहित भरतपुर २७ की सीता श्रेष्ठ भण्डारी र भरतपुर १८ की जुना पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्तर्गत ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान कार्य भईरहेको कोईरालाले जानकारी दिनुभयो ।

    जन्मिएका दुई मध्ये ठूलो १ किलो २ सय ग्रामको शिशुको निधन भएको हो भने ८ सय ग्रामको शिशु जीवित रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.