नवजात शिशुलाई भेन्टिलेटरमा राख्न लैजान्छु भन्दै बाबुले लगे अन्त्येष्टी गर्न
/२६ श्रावण २०७६, आईतवार २१:३१
चितवन । गम्भीर अवस्थामा रहेको नवजात शिशुलाई भेन्टिलेरमा राख्न लैजान्छु भन्दै आफ्नै बाबुले अन्त्येष्टी गर्न देवघाट लगेका छन् । देवघाटमा पुर्न लागिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीको सहायताले बच्चाको उद्धार गरी अस्पताल पठाईएको छ । उक्त घटना शंकास्पद देखिएपछि पुरेको बच्चालाई पनि प्रहरीले उत्खनन् गरी अनुसन्धानका लागि ल्याएको छ ।
घटना विवरण अनुसार गत बिहीबार भरतपुर महानगरपालिका वडा नं. २५ चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिईन । जन्मिएका शिशु मध्ये एकको मृत्यु भएको र अर्को एक गम्भीर अवस्थामा जीवित रहेको थियो । शुक्रबार बच्चाका बाबु भरतपुर २५ का राजु खनालले चितवन मेडिकल कलेजको भेन्टिलेर महंगो रहेकाले आफूले भरतपुर अस्पतालको भेन्टिलेरमा राख्न लैजान्छु भन्दै मेडिकल कलेजबाट निकालेर देवघाटतर्फ लगेका थिए ।
देवघाटमा खाल्टो खनेर एउटा बच्चा गाडिसकेको र अर्काे गाड्ने क्रममा स्थानीयले बच्चा जीवितै रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल जीवित रहेको बच्चालाई पुनः चितवन मेडिकल कलेजमा उपचारका लागि पठाएको थियो भने गाडिएको बच्चाको पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोईरालाले बताउनुभयो ।
सुत्केरी आमाको भने चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । अस्पताल फर्काईएको शिशुको पनि चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । शुक्रबार ४ बजेको समयमा शिशुहरु पुर्ने कार्यमा संलग्न बाबु खनाल सहित भरतपुर २७ की सीता श्रेष्ठ भण्डारी र भरतपुर १८ की जुना पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्तर्गत ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान कार्य भईरहेको कोईरालाले जानकारी दिनुभयो ।
जन्मिएका दुई मध्ये ठूलो १ किलो २ सय ग्रामको शिशुको निधन भएको हो भने ८ सय ग्रामको शिशु जीवित रहेको छ ।