चितवन सेरोफेरो

साउनमा मात्रै एक सय छ जनामा डेङ्गुको सङ्क्रमण

चितवन । साउन महीनामा मात्रै चितवन जिल्लामा एक सय छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार चार सय ५३ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

चितवन । ट्रकको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते अर्का एकको उपचार भइरहेको छ । मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ । नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ५ नंको ट्रकले...

रवि लामिछानेसहित तीन जनालाई पुनः पाँच दिन म्याद थप

चितवन । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतले पुनः पाँच दिनको म्याद थप गरेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतले म्याद थप गरेको हो ।...

राष्ट्रिय वाणिज्य बैंक भरतपुरमा आगलागी

चितवन । राष्ट्रिय वाणिज्य बैंक भरतपुरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित चौबीसकोठी चोकमा रहेको बैंकममा सोमबार बिहान आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोईरालाका अनुसार बिहान ७ः४० बजे लागेको आगो...

प्रहरीको विशेष अनुसन्धान टोली चितवनमा

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

पत्रकार पुडासैनीको मृत्यु प्रकरण : चितवनमा प्रदर्शन र तोडफोडलाई निरुत्साहित गर्ने सर्वदलीय, सर्वपक्षिय बैठकको निर्णय

चितवन । चितवनमा सर्वदलीय, सर्वपक्षिय बैठकले जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवम् शान्ति सुरक्षा र स्वच्छ, निष्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणपछि जिल्लामा...

कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन पत्रकार र मानवअधिकारवादी संस्थाहरुको अपील

चितवन । चितवनका पत्रकार र मानवअधिकारवादी संगठनले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणका सम्बन्धमा उक्त घटना न्यायिक प्रकृयामा रहेकाले घटनाको समर्थन या विरोधमा लाग्नुभन्दा कानुनी सर्वोच्चतालाई सम्मान गर्दै संयमित रहन सबै पक्षलाई आग्रह गरेका छन् । उनीहरुले आज संयुक्त प्रेस विज्ञप्ति...

रवि लामिछानेसहित तीन जना विरुद्ध आत्महत्या दुरुत्साहन अन्तर्गत किटानी जाहेरी

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा  कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जना विरुद्ध आईतबार किटानी जाहेरी परेको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्की बिरुद्ध किटानी...

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गएराति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो...

पुडासैनी मृत्यु प्रकरण : दबाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न नागरिक समाजको अपील

चितवन । नागरिक समाज चितवनले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणका सन्दर्भमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा कुनै पनि किसिमको दबाब सिर्जना नगरी आवश्यक सहयोग गर्न आम नागरिक समुदायसँग अपील गरेको छ । नागरिक समाज चितवनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै...