चितवन सेरोफेरो
भरतपुर । अदालतको आदेशपछि रिहा हुनु भएका रवि लामिछानेले राजनीतिमा जाने ढोकामा ताल्चा नलागेको बताउनु भएको छ । मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले समयले राजनीतितर्फ पनि लैजान सक्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो “समयले कुन मोड...
कावासोती । ट्रक ठोकिँदा भाँचिएको पूर्व–पश्चिम राजमार्गको नवलपरासीको अरुणखोला पुल मर्मतपछि पुलबाटै गाडी गुड्न थालेका छन् । गत साउन २९ गते ट्रक ठोक्किँदा पुल करीब डेढमिटर लच्किएको थियो । मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो ।...
चितवन । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा रिहा गर्न आदेश दिएपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल अहिले अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले पाँच लाख र कँडेलले तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका...
चितवन । जिल्ला अदालत चितवनले आत्महत्या दुरुत्साहन मुद्धामा सञ्चारकर्मी रवि लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध (साधारण) तारेखमा रिहा गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भनि...
चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको थुनछेक बहस शुरु भएको छ । चितवन जिल्ला अदालतमा उनीहरु तिनैजनाको बयान लिने काम सकिएपछि अहिले थुनछेक बहस...
भरतपुर । प्रहरीले भरतपुरको चौविसकोठीमा भीड हटाउन अहिले केहीबेरअघि अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रशासनले आदेश जारी गरेको भीडभाड निषेधित क्षेत्रमा जम्मा भएको भीड हटाउन भरतपुरको चौविसकोठीमा अश्रुग्यास प्रहार गर्नुपरेको चितवन प्रहरीले जनाएको छ । भरतपुरको चौविसकोठी क्षेत्रमा मोटरसाईकल...
चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने र कँडेलसँग आज विहानदेखि...
चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिईंदैछ । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान हिजो सकिएको छ...
चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित भएको छ । बन्दको प्रभाव सबैभन्दा बढी शैक्षिक संस्थमा परेको छ । जिल्लाका शैक्षिक संस्थामा आज...
चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले सदरमुकाम भरतपुरका मुख्य मुख्य स्थानमा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन निषेध गरेको छ । कार्यालयले आईतबार बेलुकी एक आदेश जारी गर्दै सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको...













