सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा डेंगु संक्रमितको संख्या ४ हजार भन्दाबढी, मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो


  •    न्युजभित्तो/७ कार्तिक २०७६, बिहीबार २१:१८ 
  • चितवन । चितवन जिल्लामा डेंगु संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसै साता डेंगुका कारण थप एक जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको पुष्टि गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको गैंडाकोटकी ३१ वर्षिया एक महिलाको मृत्यु भएको हो ।

    कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार ती महिलाको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो । यसअघि चालु आर्थिक वर्षमा एक जनाको डेङ्गु र एक जनाको डेङ्गु र स्क्रवटाईफस दुवै रोगको संक्रमणबाट मृत्यु भएको थियो । हालसम्म जिल्लाका स्वास्थ्य संस्थामा ज्वरो आएर उपचार गर्न आएका १३ हजार ८ सय ७७ जनाको डेङ्गु परीक्षण गर्दा ४ हजार २ सय ८० जनामा संक्रमण देखिएको छ ।

    भदौको तेस्रो र अन्तिम साता अत्याधिक रुपमा देखा परेको डेङ्गुको संक्रमण दर क्रमशः घट्दै गएको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.