भरतपुर महानगर भोलि सहयोगापेक्षी सडक मानवमुक्त घोषणा हुँदै, महानगरले आफ्नै आश्रय स्थापना गर्ने
न्युजभित्तो/८ कार्तिक २०७६, शुक्रबार १०:५६
चितवन । भरतपुर महानगरपालिकालाई भोलि शनिबार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले आफ्नो क्षेत्रलाई भोलि सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणाको तयारी गरेको हो ।
सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरु गरिएको छ । सो क्रममा बुधबारसम्म २५० जनालाई उद्धार गरिएको जानकारी दिइएको छ।
उनीहरुमध्ये जम्मा आठ जना मात्रै वास्तविक अभिभावकविहीन रहेको पाइएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । अन्य मादक पदार्थ सेवन गरेर बस्ने, थोरै रकममा श्रम गर्ने, रोजगारीका लागि सदरमुकाम आएका, फिरन्ते र मगन्ते रहेका अधिकारीले बताउनुभयो। २०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म पाँच सय जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये तीन सय जनालाई पुनःमिलन गराएको छ भने अहिले एक सय जना आश्रममा आश्रित रहेका छन् । आश्रमको क्षमता भने ५५ जनाको रहेको छ ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख रेनु दाहालले महानगरको क्षेत्र ठूलो भएकाले शहरदेखि गाउँसम्म यो अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा महानगरले आफ्नै केन्द्र स्थापना गरी व्यवस्थापन गर्ने बताउनुभयो । हाल मानव सेवा आश्रममा त्यस्ता व्यक्तिहरुलाई राखिँदै आएको छ । मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घ संस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाइएको हो । घोषणासँगै भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नेपालको पहिलो महानगर बन्नेछ ।
विसं २०६९ भदौ १३ गते मकवानपुरबाट मानव सेवा आश्रमले काम थालेको हो । अध्यक्ष अधिकारीका अनुसार हालसम्म ७ प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा आठ सय जनाले संरक्षकत्व पाइरहेका छन् । भरतपुर महानगरपालिकामा आयोजना गरिने घोषणा कार्यक्रमअघि नारायणगढको क्याम्पाचौरबाट र्याली निकालेर महानगर कार्यालयमा आई घोषणा सभामा परिणत हुने महानगरले जानकारी दिएको छ ।