सिञ्जा भाषा, संस्कृति र सभ्यताको जननी : उपराष्ट्रपति पुन
न्युजभित्तो/८ कार्तिक २०७६, शुक्रबार २१:११
सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुनले सिञ्जा मुलुकको भाषा, संस्कृति र सभ्यताको जननी भएको बताउनुभएको छ ।
कनकासुन्दरी गाउँपालिकाको आयोजना तथा कर्णाली कला केन्द्र समाज जुम्ला काठमाडौँको सहआयोजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय प्रथम बृहत सांस्कृतिक तथा पर्यटन सिञ्जा महोत्सव’ को आज उद्घाटन गर्दै उहाँले मुलुकको महत्त्वपूर्ण पुरातात्विक, धार्मिक र सांस्कृतिक इतिहास बोकेको सिञ्जाको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति पुनले भन्नुभयो, “सिञ्जा नेपाल सरकारको उच्च प्राथमिकतामा छ र प्रदेश सरकार पनि यसको विकासका लागि उत्तिकै लागि परेको छ ।”
“सिञ्जाको समग्र इतिहास र यसको मूल्य मान्यता बचाउन सङ्घीय तथा प्रदेश सरकारले खस सभ्यता र संस्कृतिको अध्ययनका लागि खस सङ्ग्राहलय निर्माणको कार्य अघि बढाएको छ, उहाँले भन्नुभयो, “सिञ्जाको खस सभ्यता र जलविद्युतीय विकासको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।”
उपराष्ट्रपति पुनले हिमाली क्षेत्रको ठूलो स्वास्थ्य संरचनाको रुपमा विकास भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबिएस तहको अध्ययन अध्यापनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सिञ्जा भाषा, साहित्य, कलासंस्कृति र सभ्यताको अनुसन्धानको थलो भएको बताउनुभयो । “सङ्घीय तथा कर्णाली प्रदेश सरकारले सिञ्जामा खस सभ्यतासँग सम्बन्धित सङ्ग्राहलय निर्माणको कार्य प्रारम्भ गरेका छन्”, उहाँले भन्नुभयो, “यसले यहाँको धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक पर्यटन प्रवर्धनमा सहयोग पुग्नेछ ।”
मुख्यमन्त्री शाहीले सङ्घ र कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकासका लागि यहाँको जीवनरेखाको रुपमा रहेका नाग्म–रारासम्म सडक छिट्टै कालोपत्रे हुने बताउँदै होमस्टे निर्माणको कार्य पनि प्रारम्भ भएको जानकारी दिनुभयो । बस्ती व्यवस्थापनका निम्ति सरकारले एकीकृत बस्ती विकास योजना लिएको बताउँदै उहाँले सिञ्जा उपत्यकालाई कृषि पर्यटनका रुपमा विकास गरिने विश्वास दिलाउनुभयो ।
मुख्यमन्त्री शाहीले सिञ्जाको विकासले कर्णाली प्रदेशको समृद्धिमा सहयोग पुग्ने बताउँदै सबैको ध्यान कर्णाली प्रदेश विकासमा केन्द्रित हुन जरुरी छ भन्नुभयो । महोत्सवमा स्थानीय कलाकारद्वारा मौलिक संस्कृति झल्काउने झोडा, मागल, चरन, चुट्किला, बालो नाच, हुड्के नाच, ढाल नाच, धामी नाच प्रदर्शन गरिएको थियो ।
यसैगरी, उनीहरुले तत्कालीन शक्तिशाली सिञ्जा खस साम्राज्यका सेना र तिब्बति सेनाबीच भएको लडार्इँ, त्यसमा प्रयोग भएका ढाल, तरबार, खुँडा, खुकुरी, भालाजस्ता हातहतियार, खस संस्कृतिका पहिरन आदिको प्रदर्शन गरिएको आयोजक कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले जानकारी दिनुभयो । कर्णाली कला केन्द्र समाज जुम्ला काठमाडौँअन्तर्गतका राष्ट्रिय कलाकारहरुको नृत्य तथा गीत, स्थानीय देउडा तथा नाटक पनि महोत्सवको क्रममा देखाइएको थियो ।