सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्दघाट सवस्टेशनमा आगो लाग्यो, २९ हजार सेवाग्राही मर्कामा


  •    न्युजभित्तो/८ कार्तिक २०७६, शुक्रबार २०:५२ 
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नवलपरासीको बर्दघाटमा रहेको १३२÷११ केभी सवस्टेशनमा गएराति आगो लागेको छ । आगलागीका कारण २९ हजार सेवाग्राही मर्कामा परेका छन् ।

    प्राधिकरणले दिइरहेको नियमित विद्युत् आपूर्तिमा समस्या आएको र वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिरहेको जनाएको छ । आगलागीका कारण सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको हो । आगलागी के कति कारणले भयो भन्नेबारेमा छानबिन भइरहेको प्राधिकरणले जनाएको छ ।

    नियन्त्रण कक्षमा पस्ने दुईवटा ‘इन्कमर’ र त्यहाँबाट बाहिर निस्कने दुईवटा ‘आउट गोइङ’ फिडरमा आगलागी भएको छ । आगलागीबाट ‘इन्कमर’ र ‘आउट गोइङ’ फिडरहरु पूर्णरुपमा क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “गएराति आगलागी भएको हो, नियन्त्रण कक्षमा रहेको कन्ट्रोल प्यानललगायत अन्य उपकरण पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, आगलागी के कारणले भएको हो त्यसको छानबिन गरिरहेका छौँ ।”

    प्राधिकरणले आज नै आगलागी भएको स्थानको स्थलगत निरीक्षण गर्न ग्रिड विकास विभागका निर्देशकको टोलीलाई काठमाडौँबाट त्यहाँ पठाएको छ । सवस्टेशनमा आगलागी भएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको थियो । त्यहाँबाट बर्दघाट क्षेत्रका २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति भइरहेको थियो । प्राधिकरणले परासी, गण्डक र शीतलनगर सवस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । गत वर्ष पनि बर्दघाट सवस्टेशनको सोही नियन्त्रण कक्षमा आगलागी भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.