चितवन सेरोफेरो

चितवनमा २८ हजार ६०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ

चितवन । सतह सिँचाइ भरपर्दो नहुँदा जिल्लामा अझै १० प्रतिशत रोपाइँ हुन सकेको छैन । कृषिज्ञान केन्द्र भरतपुरका अनुसार अघिल्लो वर्ष यतिबेला ९८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको हो । जिल्लामा २८ हजार ६०० हेक्टर क्षेत्रफलमा...

सुरक्षा मजबुद बनाउन चितवनमा दुई सयबढी सिसि क्यामरा जडान गरिंदै

चितवन ।  शान्ति सुरक्षालाई थप मजबुद बनाउन चितवनको विभिन्न स्थानमा दुई सयभन्दा बढी सिसी क्यामरा जडान गर्ने प्रक्रिया थालिएको छ । जिल्लाको बजारक्षेत्रमा यसअघि ४१ सिसी क्यामरा जडान गरिए पनि आर्थिक समस्याका कारण सञ्चालनमा समस्या हुँदै आएका बेला विभिन्न क्षेत्रमा...

नवजात शिशुलाई भेन्टिलेटरमा राख्न लैजान्छु भन्दै बाबुले लगे अन्त्येष्टी गर्न

चितवन । गम्भीर अवस्थामा रहेको नवजात शिशुलाई भेन्टिलेरमा राख्न लैजान्छु भन्दै आफ्नै बाबुले अन्त्येष्टी गर्न देवघाट लगेका छन् । देवघाटमा पुर्न लागिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीको सहायताले बच्चाको उद्धार गरी अस्पताल पठाईएको छ । उक्त घटना शंकास्पद देखिएपछि पुरेको...

प्रदेश नं ३ को राजधानी सर्दैन : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताउनुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा उहाँले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको...

रिमाल समाज चितवनको दोस्रो साधारण सभा सम्पन्न

रत्ननगर । रिमाल समाज चितवनको दोस्रो साधारण सभा तथा भेटघाट कार्यक्रम शनिबार रत्ननगरमा सम्पन्न भयो । सभाले गत आर्थिक वर्षको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ । समाजका अध्यक्ष लालुप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव छत्रप्रसाद रिमालले प्रगति प्रतिवेदन...

त्रिशूली नदी किनारमा महिला र बालकको शव फेला

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । मृत...

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो

धादिङ । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार...

भारतबाट अवैध रुपमा भित्र्याईएका चल्ला चितवनमा बरामद

चितवन ।  भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका पाँच हजार पाँच सय कुखुराका चल्ला चितवनका व्यवसायीले शुक्रबार चितवनमा नियन्त्रणमा लिई नष्ट गरेका छन् । रौतहटबाट तनहुँँको डुम्रेतर्फ लैजाँदै गरेका चल्ला नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलवीरेबाट नियन्त्रणमा लिई नष्ट गरिएको छ । चल्लालाई...

अनुदानको ब्याड बोका काटेर मासु

गोरखा ।  सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि...

भरतपुर अस्पतालमा जन्मिए गतवर्ष १३ हजार बढी बच्चा

–नारायण अधिकारी प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा...