सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालगञ्जको वीपी चोकका पसलमा आगलागी, एक करोड भन्दा बढीको क्षति


  •    न्युजभित्तो/८ कार्तिक २०७६, शुक्रबार ११:३६ 
  • नेपालगञ्ज । नेपालगञ्जको वीपीचोक नजिक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु एक करोड भन्दा बढीको क्षति भएको छ ।

    जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

    आगजनी भएको स्थान नजीकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलले आगो निभाएको हो ।

    तीन महीनाअघि गत साउन २३ गते पनि त्यही नजीकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा पाँच वटा ठूला आगलागी भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.