चितवन सेरोफेरो

पुस १० देखि सौराहामा हात्ती महोत्सव हुने
-न्युजभित्तो

चितवन । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रूपमा महोत्सवबाटै स्वागत गरिँदैछ...

नयाँ प्रस्तुतीका साथ रत्ननगर महोत्सव पुस २५ गतेदेखि
-न्युजभित्तो

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा प्रत्येक दुई/दुई वर्षमा हुने रत्ननगर महोत्सव–२०७६ आउँदो पुस २५ गतेदेखि टिकौली चौरमा हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी आउँदो पुस २५ देखि माघ ७ गतेसम्म महोत्सव...

कृषि उपजप्रतिको परनिर्भरता हटाउँदै प्रदेश नं ३ सरकार
-न्युजभित्तो

हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका १३ वटै जिल्लाको पशुपक्षीजन्य कृषिउपजको परनिर्भरता हटाउने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध र मासुजन्य पदार्थमा प्रदेशलाई स्वनिर्भर बनाउने गरी परनिर्भरता हटाउन विशेष कार्यक्रम थालेको हो ।...

किसानको गोठमा पुगेन अनुदानको सूचना
-न्युजभित्तो

हेटौंडा । कृषिजन्य उत्पादन वृद्धिका लागि सरकारले किसानलाई अनुदानको व्यवस्था गरेको भए पनि उक्त सूचना आफूहरुसम्म नआएको कृषकको गुनासो छ । मकवानपुरको मनहरि गाउँपालिका, जहाँ अत्यधिक तरकारी उत्पादन हुन्छ, त्यहाँ यो सूचना पुगेको छैन । सो गाउँपालिका–६ सुनाचुरीमा तरकारीखेती गर्दै...

मुख्यमन्त्री पौडेलको गुनासो : तीन तहका सरकारबीच सहकार्य हुन सकेन
-न्युजभित्तो

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीच सहकार्य हुन नसकेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं ३ को सौराहामा आयोजित दुई दिने प्रदेश भेलामा आज उहाँले तीन तहका सरकारबीचको समन्वयको कमीका...

साप्ताहिक सञ्जालको अध्यक्षमा तिमिल्सिना
-न्युजभित्तो

चितवन । चितवनबाट प्रकाशित हुने साप्ताहिक पत्रिकारहरुको संस्था “साप्ताहिक सञ्जाल नेपाल चितवन” को अध्यक्षमा टिकादत्त तिमिल्सीना निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार भरतपुरको आँपटारीमा सम्पन्न सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको...

सिएमसि कलेज परिसरमा पेस्तोल भेटियो : प्रहरी, फसाउन खोजियो : विद्यार्थी
-न्युजभित्तो

चितवन । चितवन मेडिकल कलेजको कैलाशनगरस्थित कलेज परिसरमा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । तर उक्त घटनालाई विद्यार्थीहरुले फसाउन खोजेको आरोप लगाएका छन् । होस्टलभन्दा बाहिर कलेजको कम्पाउण्डभित्र उत्तरपूर्वी कर्नरमा भएको टेबुलटेनिक कोर्ट नजिक बेवारिसे अवस्थामा शनिबार दिउँसो पेस्तोल...

“सिएमसीले ३४ करोड फिर्ता र २२ करोड रुपैयाँ समायोजन गर्नुपर्छ”
-न्युजभित्तो

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा अध्ययनरत विद्यार्थीहरुले कलेजले विद्यार्थीबाट अवैध रुपमा असुलेको ३४ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने र २२ करोड रुपैयाँ समायोजन गर्न सकिने बताएका छन् । अदब मिडिया नेटवर्क प्रा.लि.ले शनिबार भरतपुरमा आयोजना गरेको संवाद कार्यक्रममा...

वनमौरीले चिल्दा एक बालकको मृत्यु, पाँच घाइते
-न्युजभित्तो

सर्लाही । वनमौरीले चिल्दा सर्लाहीको मलङ्गवा–७, मुसैलीका एक बालकको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले चिल्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको हो ।...

भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने
-न्युजभित्तो

भरतपुर । “कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नाराका चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनको भरतपुरमा हुने भएको छ । मङ्सिर ६ गतेदेखि ९ गतेसम्म भरतपुरका चितवन एक्स्पोमा प्रदर्शनी हुने भएको हो । बुधबार भरतपुरमाँ पत्रकार सम्मेलनको आयोजना...