काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको आज विहान निधन भएको छ। उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो । ७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पाँच दिनको उपचारपछि उहाँलाई गएराति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। शर्माको २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको थियो ।
स्वर्गीय शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उहाँको परिवारले जनाएको छ । शर्माका दुई छोरा र श्रीमती हुनुहुन्छ । शर्माले नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गर्नुभएको थियो ।