महायज्ञको अवसरमा ब्राह्मण समाजद्वारा जेष्ठ नागरिक भवनको शिलान्यास
न्युजभित्तो/२१ माघ २०७६, मंगलवार २१:१३
चितवन । ब्राह्मण समाज नेपालले मङ्गलबार जेष्ठ नागरिक भवनको शिलान्यास गरेको छ । श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको सातौँ दिन जेष्ठ नागरिक भवनका लागी ११ लाख रुपैयाँ सहयोग गर्नुभएका उमाकान्त सापकोटा, महायज्ञ मूल समितिका संयोजक टङ्कनाथ पौडेल र आर्थिक समितिका संयोजक राम ओस्तीले संयुक्त रुपमा भवनको शिलान्यास गर्नु भएको हो ।
महायज्ञमा मङ्गलबार मात्रै ३० लाख रुपैयाँ भन्दा बढि रकम सङ्कलन भएको महायज्ञ मूल समितिका संयोजक पौडेलले जानकारी दिनुभएको छ । मङ्गलबार प्रदेश साँसद कृष्ण भूर्तेल, बलराम पौडेल, पूर्व साँसद मैयादेबी श्रेष्ठ र भरतपुर महानगर वडा नम्वर ९का अध्यक्ष यमलाल कँडेलको बिशेष उपस्थिति रहेको थियो । सो अवसरमा प्रदेश साँसद कृष्ण भूर्तेलले संसद विकास कोषबाट १० लाख रुपैयाँ दिने घोषणा गर्नु भयो भने बलराम पौडेलले प्रदेश सरकाराबाट २० लाख रुपैयाँ भन्दा बढि ल्याउने घोषणा गर्नु भयो ।
त्यस्त,ै बरिष्ठ समाजसेवी तथा पूर्व साँसद मैयादेबी श्रेष्ठ र उहाँका पुत्र तथा महायज्ञ मूल समितिका संयोजक टङ्कनाथ पौडेलले ५ लाख ६ हजार ६ सय ६४ रुपैयाँ बराबरको २४ कित्ता भूमिदानको घोषणा गर्नुभयो । मङ्गलबार नै अक्षय कोषका लागि सरास्वती गौतमले एक लाख रुपैया प्रदान गरी अक्षय कोषको सुरुवात गर्नु भएको छ भने राममणी पौडेलले एक लाख ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ ।
ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजनामा गरिएको महायज्ञ यहि माघ १५ गतेदेखि सुरु भएको हो । महायज्ञमा प्रमुख वाचकको रूपमा पण्डित बालकृष्ण अर्याल रहनुभएको छ । महायज्ञमा दान दाताहरुको सहभागिता उत्साहजनक रहेको तथा भूमिदान गर्नेहरुको सङ्ख्या समेत बढेको आर्थिक समितिका संयोजक राम ओस्तीले बताउनुभयो ।
अहिलेसम्म भूमिदानबाट मात्रै २० लाख रुपैयाँ भन्दा बढि रकम सङ्कलन भईसकेको आर्थिक समितिका संयोजक ओस्तीले बताउनुभयो । त्यस्तै, भवन निर्माणका लागि विभिन्न दाताहरूले निर्माण सामग्री पनि दान गरेका छन् । वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरेर भूमि दानको व्यवस्था गरिएको छ । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ ।
सोही जमिनमा बनाइने भवनमा दिवा सत्संग तथा योग कक्ष, धार्मिक पुस्तकालय, असहाय वृद्धवृद्धा तथा दुःखीका लागि आवास सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनु भयो ।
समाजमा हराउँदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाह गरी सामाजिक जागरण ल्याउने, ब्राहमण समाज नेपाल चितवनको भवन निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरीब असहाय एवम् ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्षयकोष स्थापना गर्ने, पाञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मिक प्रवचनको ब्यवस्था गर्ने, धार्मिक पुस्तकालय एवम् वाचनालय स्थापना गर्ने, प्रत्येक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उद्धेस्यसहित महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समितिका संयोजक पौडेलले बताउनुभयो । महायज्ञलाई तन, मन र धनले सहयोग गरी सफल बनाउन आर्थिक समितिका संयोजक ओस्तीले सबैलाई आग्रह गर्नुभयो ।