सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिकेट रङ्गशालामा धनधान्याचल : बुधबार उठ्यो एक करोड


  •    न्युजभित्तो/२२ माघ २०७६, बुधबार २१:४० 
  • चितवन । भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा बुधबार करिब एक करोड रुपैयाँ सङ्कलन भएको छ । धनधान्याचल महोत्सवको चौथो दिन बुधबार करिब एक करोड रुपैयाँ सङ्कलन भएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिनुभएको छ ।

    धनधान्याचलबाट रङ्गशाला निर्माणका लागि ५० करोड रुपैयाँ उठाउने आयोजकको लक्ष्य छ । धनधान्याचलमा बुधबार भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, नेपाली काँग्रेस चितवनका उपाध्यक्ष शङ्करप्रसाद कँडेल, प्रदेश साँसद बिजय सुवेदी लगायतले आर्थिक सहयोग गर्नुभएको चुकेले जानकारी दिनुभयो ।

    जारी धनधान्याचलमा आज भरतपुर महानगरका मेयर दाहालले पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ । रङ्गशाला निर्माण सबैको दायित्व भएको भन्दै दाहालले आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको हो ।

    त्यस्तै, नेपाली काँग्रेस चितवनका कोषाध्यक्ष एवम् व्यवसायी शङ्कर प्रसाद कँडेलले पनि तीन लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । त्यसैगरी, आजै महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका प्रदेश साँसद विजय सुवेदीले व्यतिगत एक लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ ।

    बुधबार नै जस्मिन पेन्ट्सका प्रबन्धक लक्ष्मण अर्यालले धनधान्याचल मार्फत रङ्गशालाका लागि १५ लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ । खरेल इलेक्ट्रोनिक्स शहीदचोकका सञ्चालक तेजनारायण खरेल र श्रीमती खगीसरा खरेलले धनधान्याचलमा दुई लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । आज विभिन्न सहकारी संस्था, आमा समूह, टोल सुधार समूह तथा व्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । आज तीन जनाले तुलादान गरेका र चार जनाले नाम दर्ता गराएका तुलादान व्यवस्थापन समितिका संयोजक शारदा शर्माले जानकारी दिनुभयो ।

    धनधान्याचलमा आज चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले आफ्नो प्रस्तुती राख्नुभएको थियो । धनधान्याचलमा बिहीबार चर्चित हाँस्य कलाकार मनोज गजुरेल, केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकारहरु आउने आयोजकले जनाएको छ ।

    रङ्गशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनबन्धु पोखरेल प्रमुख वाचक रहनुभएको छ । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.