चितवन । ॐकार परिवारको सहभागितामा ब्राह्मण समाज नेपालद्वारा आयोजित धनधान्याचल ज्ञान महायज्ञमा बुधबार मात्रै १५ लाख रुपैयाँ नगद सङ्कलन भएको छ ।
बुधबारनै भब्य कार्यक्रमाका बीच लाख बत्ती बालिएको महायज्ञ मूल आयोजक समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनुभयो । १५ गतेदेखि सुरु भएको महायज्ञमा बुधबारसम्म नगद मात्रै एक करोड ५० लाख रुपैयाँको हाराहारीमा सङ्कलन भएको आर्थिक समितिका संयोजक राम ओस्तीले बताउनुभयो । महायज्ञमा दानदाता र भूमि दान गर्नेहरुको सहभागिता समेत उत्साहजनक रहेको उहाँले बताउनुभयो ।
मङ्गलबार समाजले जेष्ठ नागरिक भवनको शिलान्यास गरेको थियो । मङ्गलबार मात्रै ३० लाख नगद सङ्कलन भएको थियो । महायज्ञमा प्रमुख वाचकको रूपमा पण्डित बालकृष्ण अर्याल रहनुभएको छ ।
अहिलेसम्म भूमिदानबाट मात्रै २३ लाख रुपैयाँ भन्दा बढि रकम सङ्कलन भइसकेको महायज्ञका आर्थिक समितिका संयोजक राम ओस्तीले बताउनुभयो । त्यस्तै, भवन निर्माणका लागि विभिन्न दाताहरूले निर्माण पनि दान गरेका छन् ।
वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरेर भूमि दानको व्यवस्था गरिएको छ । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ ।
सोही जमिनमा बनाइने भवनमा दिवा सत्संग तथा योग कक्ष, धार्मिक पुस्तकालय, असहाय वृद्धवृद्धा तथा दुःखीका लागि आवास सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनुभयो ।
समाजमा हराउँदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाह गरी सामाजिक जागरण ल्याउने, ब्राहमण समाज नेपाल चितवनको भवन निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरीब असहाय एवम् ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्षयकोष स्थापना गर्ने, पाञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मिक प्रवचनको ब्यवस्था गर्ने, धार्मिक पुस्तकालय एवम् वाचनालय स्थापना गर्ने, प्रत्येक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उद्धेस्यसहित महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समितिका संयोजक पौडेलले बताउनुभयो । महायज्ञलाई तन, मन र धनले सहयोग गरी सफल बनाउन आर्थिक समितिका संयोजक ओस्तीले सबैलाई आग्रह गर्नुभयो । महायज्ञ बिहीबार समापन हुँदैछ ।