गैँडाकोट । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदी किनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा सातौँ दिनसम्म आइपुग्दा एक लाख ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मंगलबार मात्रै २० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका कोषाध्यक्ष एवम् तेस्रो गैँडाकोट महोत्सवको आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो ।
महोत्सवको आकर्षणको रुपमा नारायणी नदीमा ¥याफ्टिङ, लण्डन ब्रीज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायतका रहेका सापकोटाले बताउनुभयो । महोत्सवमा मंगलबार प्रमुख अतिथिको रुपमा उपस्थित गण्डकी प्रदेशसभा सदस्य कृष्ण चन्द्र नेपालीले गैँडाकोट महोत्सवले समग्र जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने बताउनुभयो । महोत्सवमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुले समेत महोत्सवबाट स्थानीय उत्पादनको प्रवद्र्धनमा टेवा पुगेको विश्वास गर्न सकिने नेपालीको भनाइ छ ।
तेस्रो गैँडाकोट महोत्सवमा थारु, गुरुङ, थकालीसहित विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घर, उद्योग, वाणिज्य, व्यावसायिक तथा पर्यटन सम्बन्धी तीन सय ५० भन्दा बढी स्टलका साथै बाल उद्यान समेत रहेका उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताउनुभयो । भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे भट्टचनले बताउनुभयो ।
गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलका अनुसार महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन गरिएको बताउनुभयो । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिएको जानकारी दिनुभयो ।
नारायणी नदीकिनारमा सञ्चालन भएको सो महोत्सवमा मंगलबार लोकप्रिय गायिका प्रिती आलेले फूल्यो बामरी, दोहोरी ब्याटललगायत प्रस्तुती राख्नुभएको महोत्सवका साँंस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिनुभयो । साँस्कृतिक कार्यक्रम अन्तरगत मंगलबार नै अन्य कलाकारहरु दिलसिँह मगर, लक्ष्मण चापागाईं, हरि विष्ट, सरिस्मा मगर, आकृती नेपाली तथा रसियन कलाकारहरुको आफ्नो प्रस्तुती राखेका कँडेलले बताउनुभयो ।
महोत्सव अन्तर्गत बुधबार चर्चित गायक प्रमोद खरेल, रितु कँडेल, सुशीला थापालगायतका कलाकारहरुको प्रस्तुति रहने कँडेलले बताउनुभयो । माघ १५ गतेदेखि सुरु भएको गैँडाकोट महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ४० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।