चितवन । भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले सहयोग गर्नुभएको छ ।
मङ्गलवार धनधान्यान्चल महोत्सव परिसरमा उपस्थित राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको हो । आजको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले रङ्गशाला निर्माणका लागि ५० बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गर्नुभयो । दाहालले रङ्गशाला देशकै शान र गहना भएकोले सबैलाई सहयोग गर्न आग्रह पनि गर्नुभयो । यस्तै उहाँले रङ्गशाला निर्माण सहयोगका लागि आफ्नो प्रदेश र जिल्लालाई आह्वान गर्ने प्रतिबद्दता समेत जनाउनुभयो ।
यसैगरी, राष्ट्रिय सभा सदस्य तथा चर्चित लोक दोहोरी गायिका कोमल ओलीले रङ्गशाला निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । सहयोग रकम घोषणा गर्दै ओलीले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाकी अर्की सदस्य इन्दु कडरियाले पनि निर्माणाधीन रङ्गशालाका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोगको घोषणा गर्दैै थोपा थोपा मिलेर सागर बन्ने भएकोले सबैलाई जतिसक्दो सहयोग गर्न अपील गर्नुभयो ।
कार्यक्रमकी अध्यक्ष राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । रावलले यो अभियान सफल बनाउन महिलाहरुले भौतिक उपस्थितिसँगै आर्थिक रुपमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न आफुले सहयोग घोषणा गरेको बताउनुभयो । नेपालमा धेरै सहयोगी मनहरु भएकाले यसले सबैमा सहयोगको भावना आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
मङ्गलबार विहान नेपाल महिला संघ चितवनले धनधान्याचल महोत्सव मार्फत रङ्गशाला निर्माणका लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघकी अध्यक्ष समेत रहेकी भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले उक्त रकम घोषणा गर्नुभएको हो । सहयोग घोषणा गर्दै शाहले सबैलाई यो अभियान सफल बनाउन एकजुट हुन आग्रह गर्नुभयो । त्यस्तै, गायिका सरिता गुरुङ श्रेष्ठले पनि २५ हजार रुपैयाँ सहयोग घोषणा गर्नुभयो ।
त्यस बाहेक आज अन्य बिभिन्न संघ संस्थाहरुबाट समेत आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड रुपैयाँ सङ्कलन गर्ने आयोजकको अपेक्षा छ ।
चितवन । भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले सहयोग गर्नुभएको छ ।
मङ्गलवार धनधान्यान्चल महोत्सव परिसरमा उपस्थित राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको हो । आजको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले रङ्गशाला निर्माणका लागि ५० बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गर्नुभयो ।
दाहालले रङ्गशाला देशकै शान र गहना भएकोले सबैलाई सहयोग गर्न आग्रह पनि गर्नुभयो । यस्तै उहाँले रङ्गशाला निर्माण सहयोगका लागि आफ्नो प्रदेश र जिल्लालाई आह्वान गर्ने प्रतिबद्दता समेत जनाउनुभयो ।