चितवन सेरोफेरो

सरकारद्वारा छाउ गोठ भत्काउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन
-न्युजभित्तो

काठमाडौँ । छाउप्रथाका नाममा सुदूरपश्चिमाञ्चलका केही जिल्लामा महिलाले विभेद भोगिरहँदा सरकारले छाउ गोठ भत्काउने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न स्थानमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी समेतको सहकार्यमा नष्ट गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको छ...

प्रदेश नं ३ मा दुग्ध विकास बोर्डको स्थापना
-न्युजभित्तो

हेटौँडा । प्रदेश नं ३ मा दुग्ध विकास बोर्डको स्थापना भएको छ । आज एक समारोहका बीच मुख्यमन्त्री डोरमणि पौडेलले बोर्डको कार्यालय उद्घाटन गर्नुभयो । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री अध्यक्ष रहने बोर्डमा उपाध्यक्ष तथा सदस्यहरुको चयन भने...

मेयर लालमणि चौधरीलाई पितृशोक
-न्युजभित्तो

चितवन । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीलाई पितृशोक परेको छ । मेयर चौधरीका पिता जोखाराम चौधरीको सोमबार बेलुकी ८ बजे ८१ वर्षको उमेरमा खैरहनीस्थित निवासमा निधन भएको हो । स्वर्गीय जोखाराम उच्च रक्तचाप र दम रोगबाट पीडित हुनुहुन्थ्यो ।...

माडीको बघौडा अस्पताल स्तरोन्नती गरिदै, २५ श्ययाको बनाइने
-न्युजभित्तो

चितवन । माडीको बघौडा अस्पताललाई २५ श्ययाको अस्पतालका रुपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो । माडी नगरपालिकाको निर्णयअनुसार अस्पताललाई २५ श्ययाको बनाउन प्रदेश सरकार सकारात्मक देखिएको बघौडा...

काठमाडौँमा बसको ठक्करबाट विद्यार्थीको ज्यान गयो
-न्युजभित्तो

काठमाडौँ । चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ । सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय पन्तलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान साढे ५...

उद्योगहरुमा औद्योगिक सुरक्षा स्टिकर टाँसको शुभारम्भ
-न्युजभित्तो

खैरहनी । चितवन उद्योग संघ खैरहनी इकाई समितिको आयोजनामा खैरहनी इकाई समितिको कार्यालय उद्घाटन एवं खैरहनी नगरपालिका क्षेत्रभित्रका उद्योगहरुमा चितवनका सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने...

समावेशी कन्या गुरुकुलका लागि २ करोड संकलन
-न्युजभित्तो

भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञ सकिएको छ । देवघाटमा समावेशी कन्या गुरुकुल निर्माणका लागि गत मङ्सिर १३ देखि भरतपुर १२ पोखरेली टोलमा श्रीमद् भागवत महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञको...

चितवनको भण्डारामा अटो दुर्घटनामा पाँच जनाको मृत्यु, एक गम्भीर
-न्युजभित्तो

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्वर ५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्वर...

कन्या गुरुकुलका लागि एक करोड ७२ लाख रुपैयाँ संकलन
-न्युजभित्तो

भरतपुर । देवघाटमा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञमा करिब एक करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । आवासीय सुविधासहितको कन्या गुरुकुल निर्माणका लागि सहयोगार्थ भरतपुर १२ प्रेरणा टोलमा आयोजित श्रीमद् भागवत महापुराण धनधान्याचल विराट...

सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी
-न्युजभित्तो

चितवन । घोषित रूपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित...