चितवन सेरोफेरो
चितवन,साउन १०। देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी,चतरास्थित सप्तकोसी, हम्पचुवारस्थित सुनकोसी र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा...
चितवन,१० श्रावण। चितवनमा गैंडाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर ८ बागमारा सामुदायिक वनमा साेही ठाउँका बर्ष ३१ का कुन्दन लामालाई गैंडाले आक्रमण गर्दा घाईते भएका हुन् । उनी न्युरो टिप्न गएको...
चितवन,१० श्रावण। चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । माइती नेपाल चितवनले सोमबार...
चितवन,साउन १०। २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको...
इन्दिरा दाहाल माडी ९ साउन । माडी नगरपालिका वडा नं ५ रमाईलोडाँडामा सञ्चालन भएको दराई सामुदायिक होमस्टेमा पाहुनाहरुको आकर्षण बढेको छ । २०७८ साल कार्तिक महिनाबाट सञ्चालन भएको दराई सामुदायिक होमस्टे औपचारिक रुपमा उद्घाटन नहुँदै पर्यटकहरुको आकर्षण बढेपछि होमस्टेका...
चितवन,साउन ९ । नारायणगढको पुल्चोकमा ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । पुल्चोकबाट गैडाकोट तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्याङकरले नारायणगढ बजार क्षेत्रमा मागेर खाँदै हिड्ने महिलालाई आज दिउसो १ बजे ठक्कर दिएको हो । मृतकको...
चितवन,साउन ९। साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । चितवन, तनहु र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला...
चितवन,९ श्रावण। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताउनु भएको छ । भरतपुर आँखा अस्पतालले आयोजना गरेको अन्तर्राष्ट्रिय (आईएसओ)गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासद्रुत गतिमा अघि बढेको बताउनुभयो । भरतपुरलाई देशको नुमान...
भरतपुर,९ श्रावण। भरतपुरका विभिन्न क्षेत्रमा भोली विद्युत सेवा अवरुद्द हुने भएको छ । विहान ९ बजेदेखि ६ बजेसम्म नेपाल विद्यत प्राधिकरण चनौली वितरण केन्द्रअन्तर्गतका फिडरमा लाइन अवरुद्व हुने भएको हो । ११ के.भी.लाइनका पोलहरु अपग्रेडको लागि भरतपुर महानगरपालिको शारदानगर क्षेत्र,...
चितवन, साउन ९। भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो । लामो समयसम्म निर्माणाधीन रंगशाला अलपत्र परेपछि...








