सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इस्कोनले श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा मनाउने


  •    न्युजभित्तो/१ भाद्र २०७९, बुधबार १९:०६ 
  • चितवन, १ भदौ । यही भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी भव्य रुपले मनाईने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) चितवन शाखाले कार्यक्रम भव्य रुपमा गर्न लागेको हो ।

    संघले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका सचिव गौरव गोविन्दप्रसाद दासले भजन, कीर्तन, प्रवचन, अभिषेक, मन्त्र ध्यान, कृष्ण झुला, सांस्कृतिक कार्यक्रम आदि कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार भदौ ३ गते दिउँसो ३ बजेदेखि राती १२ बजेसम्म कार्यक्रम हुनेछ । भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको संस्थाको कार्यालयमा कार्यक्रम हुनेछ ।

    उक्त कार्यक्रममा १० हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको उहाँको भनाई छ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न संघ संस्था, राजनीतिक दल, नेता र व्यक्तिहरुसँग नियमित समन्वय भईरहेको उहाँले बताउनुभयो । सचिव दासले भन्नुभयो “श्रीकृष्णबारे बुझाउने र श्रीकृष्ण जन्माष्टमी किन मनाउने, यसको व्यवहारिक र सांस्कृति पक्ष के हो ? भन्ने बारे कार्यक्रममा स्पष्ट पारिने छ ।”

    संस्थाले जीवनका लागि भोजन भन्ने अभियान अन्तर्गत भोकालाई खाना, अनाथलाई पढाउने कार्य गर्दै आएको छ । यस्तै समय र तानाव व्यवस्थापन, भगवत गीता निःशुल्क वितरण लगायतका कार्य संस्थाले गर्दै आएको छ । अमेरिकामा केन्द्रीय कार्यालय रहेको संस्थाले नेपालका ४० स्थानमा केन्द्र स्थापना गरी सेवा गर्दै आईरहेको छ ।

    संस्थाले शुभचिन्तक र दाताहरुको स्वेच्छिक दानबाट खर्च व्यवस्थापन गर्दै आएको जनाएको छ । संस्थाका उपाध्यक्ष ममता न्यौपानेले घर, विद्यालय र समाजले संस्कार नपढाएको बताउँदै संस्थाले संस्कार सिकाउँदै आएको बताउनुभयो । जीवनलाई सुखी र खुशी बनाउन पनि जीवनको सबै डर हटाउनु पर्ने बताउँदै उपाध्यक्ष न्यौपानेले प्रत्येकले भागवत गीता अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “विज्ञान धर्मको एक टुक्रा हो, शास्त्रमा सबै कुरा छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.