सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार सिंखडामाथि भएको आक्रमणको सर्वत्र निन्दा, आक्रमणकारी विरुद्ध किटानी मुद्दा


  •    न्युजभित्तो/१ भाद्र २०७९, बुधबार १९:३३ 
  • चितवन, १ भदौ । नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज, कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडामाथि भएको आक्रमणको सर्वत्र निन्दा र भत्र्सना भएको छ । पत्रकार सम्बद्ध संघ संगठनहरुले उक्त घटनाको निन्दा र भत्र्सना गरेका हुन् ।

    नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस सेन्टर चितवनका कोषध्यक्ष किशोरचन्द्र सापकोटाले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्नुभएको छ । विज्ञप्तिमा समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै त्यस्ता व्यवस्थाको वेवास्ता गरी पत्रकारमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख गरिएको छ ।

    यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र बागमती प्रदेश समितिले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्र्सना गरेको छ । यसैगरी प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

    सिंखडामाथि आज बुधबार बिहान हातपात भएको हो । दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजार गएको समयमा पत्रकार सिंखडालाई दिपक लामिछाने लगायत चार जनाको टोलीले आक्रमण गरेको हो ।

    यसैबीच घटनामा संलग्न रहेका चार जना विरुद्ध पत्रकार शिंखडाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी मुद्दा दायर गर्नुभएको छ । नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्बद्ध संघ संगठनको रोहवरमा पत्रकार सिंखडाले लामिछाने सहित दिलिप लामिछाने, अमिर सापकोटा र निकेश नेपाल विरुद्ध किटानी मुद्दा दायर गर्नुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.