सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु


  •    न्युजभित्तो/३ भाद्र २०७९, शुक्रबार ०९:०७ 
  • चितवन, ३ भदौ । जिल्लाका दुई ठाउँमा भएका दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटार ट्रकमा मोटरसाईकल ठक्कर खाँदा दुई जनाको र रत्ननगर नगरपालिका वडा नम्बर ९ खगेरी पुलमा बोलेरोले ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो ।

    कुरिनटारमा काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक र सवार दुबै जनाको मृत्यु भएको हो । आज बिहान ३ः३० वजे पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक दैलेखका २५ वर्षिय सरोज रोकाय रहेका छन् । मोटरसाईकल पछि सवार सर्लाहीको इश्वरपुर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३१ को सरोज माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    ठक्करबाट घाईते दुबै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    यस्तै पूर्वी चितवनको रत्ननगरमा पैदलयात्रीलाई वोलेरोले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको हो । रत्ननगर नगरपालिका वडा नम्बर ९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षिय खड्कबहादुर रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ः४५ वजे बोलेरेले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने बोलेरोको पहिचान खुल्न नसकेको कार्यालयले जनाएको छ ।

    ठक्करबाट घाईते पैदलयात्रीको उपचारका क्रममा ६ः१५ वजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घटनालाई लिएर स्थानीयले सडक अवरुद्ध गरेको सडक प्रहरीले खुलाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.