चितवन, ३ भदौ । जिल्लाका दुई ठाउँमा भएका दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटार ट्रकमा मोटरसाईकल ठक्कर खाँदा दुई जनाको र रत्ननगर नगरपालिका वडा नम्बर ९ खगेरी पुलमा बोलेरोले ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो ।
कुरिनटारमा काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक र सवार दुबै जनाको मृत्यु भएको हो । आज बिहान ३ः३० वजे पृथ्वी राजमार्ग अन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक दैलेखका २५ वर्षिय सरोज रोकाय रहेका छन् । मोटरसाईकल पछि सवार सर्लाहीको इश्वरपुर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३१ को सरोज माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्करबाट घाईते दुबै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वी चितवनको रत्ननगरमा पैदलयात्रीलाई वोलेरोले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको हो । रत्ननगर नगरपालिका वडा नम्बर ९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षिय खड्कबहादुर रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ः४५ वजे बोलेरेले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने बोलेरोको पहिचान खुल्न नसकेको कार्यालयले जनाएको छ ।
ठक्करबाट घाईते पैदलयात्रीको उपचारका क्रममा ६ः१५ वजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घटनालाई लिएर स्थानीयले सडक अवरुद्ध गरेको सडक प्रहरीले खुलाएको छ ।