चितवन सेरोफेरो
चितवन,१६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बाध्यता र परिस्थितिको साङ्लो तोडेर खडा भएको चितवनबासीलाई बताएका छन् । भरतपुरको रामनगरमा भएको कार्यक्रममा मतदाताहरुलाई नेता लामिछानेले हिजो खेलेको मैदान सफा छैन भन्ने थाहा हुँदाहुँदै विभिन्न परिबन्ध र बाध्यताहरु तोडेर...
चितवन,१६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् । भरतपुरमा करिब २ अर्ब लागतमा ३ वर्षमा बन्ने गरी टर्मिनल भवनको शिलान्यास गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल...
चितवन,१६चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनस्थित भरतपुर क्रिकेट रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबी गरेका छन् । बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रङ्गशालाको समस्या दुई साताभित्र समाधान हुने दाबि गरेका हुन्। ‘आज म...
चितवन,१५ चैत। आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचन अगाडि नै गैरसांसदको रुपमा रवि लामिछानेले सरकारमा जाने इच्छा व्यक्त गरेका छन् । रास्वपाका सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान खुट्टा उचालेर बसेको तर सहमति नभएको बताएका हुन् । स्रोतका अनुसार...
चितवन,१५ चैत । चैतेदशैँको अवसरमा आज विक्रमबाबा मेलामा भक्तजनको घुइँचो लागेको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा चैत ७ गते मङ्गलबार पूजा भएपछि मेला सुरु भएको...
चितवन,१५ चैत । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल...
चितवन,१५ चैत । विगत दुई दशकअघि राप्ती नदीमा आएको बाढीका कारण पुरिएको घौलाघारी तालको खोजी सुरु गरिएको छ । बाढीका कारण पुरिएर गेग्रेनमा परिणत बनेको तालको भरतपुर महानगरपालिका–२३ ले खोजी र संरक्षणकार्य सुरु गरेको हो । विसं २०५९ मा आएको...
चितवन,१४ चैत्र । जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको...
चितवन,१३ चैत्र। चितवनको भरतपुरमा ‘१७ औँ राष्ट्रिय मह दिवस’ मनाइएको छ । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जिवन’ भन्ने नाराका साथ भरतपुरमा सरोकारवाला व्यक्तिहरुले सोमबार (आज) मह दिवस मनाएका हुन् । मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि...
चितवन,१३ चैत्र। अधिकृत व्यवसायी संघ चितवनले देवघाट–१ मा रहेको श्री रामजानकी गार्गी कन्या गुरुकुलमा आवश्यक खाद्यान्नहरू वितरण गरेको छ । अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले उक्त गुरुकुलका संरक्षक भवानी उपाध्याय र प्राचार्य खिमनाथ चालिसेलाई उक्त खाद्यान्नहरू हस्तान्तरण गरेका हुन्...















