सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा लागुऔषध दुव्र्यसन भयाबह बन्दै


  •    न्युजभित्तो/१४ बैशाख २०८०, बिहीबार १६:१५ 
  • चितवन,१४ वैशाख। चितवनमा लागुऔषध दुव्र्यसनका घटना पछिल्लो समयमा बढ्दै गएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार बढ्दो सहरीकरण, घर परिवारको अवस्था, सामाजिक परिवेश, आर्थिक मन्दी र गरिबीका कारण पछिल्लो तीनवर्षमा लागुऔषधको घटना बढ्दै गएको हो ।

    जसमा धेरै किशोरकिशोरीसँगै केही महिला पनि फस्ने गरेका छन् । तर, किशोरकिशोरी भने के सही र के गतल छुट्याउन नसक्दा बढी दुव्र्यसनमा फस्ने गरेको प्रहरीको निष्कर्ष छ । आर्थिक पाटोले पनि यसमा ठूलो प्रभाव पर्ने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

    पण्डितका अनुसार आर्थिक वर्ष २०७७्७८ पुरुष १२८, महिला ६ र बालक दुई गरी लागुऔषध दुव्र्यसन तथा ओसारपसार गर्ने १३६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमा प्रकाउ गरिएका १३६ मध्ये ९५ जनाको मुद्दा जिल्ला अदालत चितवनमा दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७८्७९ मा पुरुष १५४, महिला ११ र बालक ५ गरी १७० जनालाई पक्राउ गरेको र १०६ जनाको मुद्दा भने अदालतमा दर्ता गरिएको उनले नारायणी अनलाइनलाई जानकारी दिए ।

    तर, जिल्लामा चालु आवको ९ महिनामा भने २०७७्०७८ भन्दा धैरै लागुऔषधको दुव्र्यसनका घटना बढेको र अझै बढ्दो क्रममा छ । यस चालु आवमा २०७९्८० को चैतसम्म मात्रै प्रहरीले जिल्लामा लागुऔषधको मुद्दामा पुरुष १२९ र महिला ९ जना गरी १३८ जना पक्राउ गरेको छ । जसमध्ये १२८ नेपाली, १० भारतीय रहेको र ७८ जनाको मुद्दा अदालतमा दर्ता भइसकेको उपरीक्षक पण्डितबाट प्राप्त तथांकमा उल्लेख छ ।

    अधिकांश १८ वर्ष उमेर समूह तथा १८ वर्ष भन्दा कम उमेरका बालबालिका फस्ने गरेको बताउँदै पण्डित भन्छन्, ‘धेरैजसो युवायुवती साथीसँगका संगतको कारण, कस्तो हुन्छ यो खाँदा भन्ने कौतुहलताका कारण लागुऔषध सेवन गर्न सिक्दै जाने गर्छन् ।’ उनीहरुलाई लागुऔषध ऐन अनुसार कारबाही गरिन्छ भने १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई भने बालबालिकासम्बन्धी ऐन–२०७५ अनुसार अनुसन्धान गरेर कारबाही गरिने उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.