सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौलाकालिकामा केवलकार सञ्चालनसँगै बढे पर्यटक


  •    न्युजभित्तो/१७ बैशाख २०८०, आईतवार १६:२७ 
  • चितवन,१७ वैशाख । पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ। मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ। गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले गरेको छ।

    नयाँ वर्षयता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ। मौलाकालिका मन्दिर व्यवस्थापक छवि खनालले मौलाकालिका केवलकार निर्माणले मन्दिरको धार्मिक महत्वलाई बढावा दिएको बताए।

    उनले मौलाकालिका केवलकार सञ्चालनले चितवन,नवलपरासी र तनहुँ मात्रै नभइ नजिकका आन्तरिक र विदेशी पर्यटक आवागमनमा समेत वृद्धि हुने अपेक्षा रहेको बताए। उनले मौलाकालिका मन्दिरको छुट्टै धार्मिक महत्व रहेको भन्दै यसलाई पवित्रस्थल देवघाट धामसँग जोड्न आवश्यक रहेको बताए। केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएको उनको भनाइ छ।

    त्यस्तै, मौलाकालिका मन्दिरका पुजारी नेरेन्द्रप्रसाद भट्टराईले मौलाकालिका मन्दिरको पौराणिक र धार्मिक महत्व रहेको बताए। उनले मौलाकालिका केवकार सञ्चालनले मन्दिरको धार्मिक महत्वलाई बढाउने विश्वास व्यक्त गरे। होटलसहितको मौलाकालिका केवलकार झण्डै एक अर्ब ५० करोड रूपैयाँ लागतमा बनेको छ। केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ। केवलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.