सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यो सरकार ढल्दैन : प्रधानमन्त्री दाहाल


  •    न्युजभित्तो/१८ बैशाख २०८०, सोमबार १०:०० 
  • चितवन, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आउने र यो सरकार नढल्ने बताउनु भएको छ । प्रेस सेन्टर चितवनले आज भरतपुरको शिवनगरमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन हुन्छ भन्नु भ्रम रहेको बताउनु भएको छ ।

    उहाँले रास्वपाले सरकार माथिको समर्थन फिर्ता नलिने बताउनुहुँदै उहाँहरूलाई सरकारमा ल्याउने तयारी भई रहेको बताउनुभयो । उहाँले भन्नुभयो “रास्वपाले पुरानै मन्त्रालय पाउने सम्बन्धमा माग गरे पनि सरकारमा ल्याउने क्रममा छलफलबाट सहमतिमा पुग्न सकिन्छ ।” उहाँले अगाडि थप्नुभयो “रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्न, सरकारमा आउने कुरा चलिरहेको छ ।” दाहालले थप्नुभयो “उहाँले पार्टीमा सल्लाहा गर्ने र मैले गठवन्धनमा कुरा गरेर केही दिनमा फेरी भेटेर टुङ्गोमा पुग्ने सल्लाहा भएको छ ।”

    रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको बताउँदै उहाँले त्यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफुलाई नलागेको बताउनुभयो । गठवन्धनमा सल्लाहा गरेर सहमतीमा जाने दाहालले बताउनुभयो । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने बिषयमा आफुहरु नपुगेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो “रवि जीले पनि हामीलाई यहिनै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।”उहाँले यो सरकार पाँच वर्ष चल्ने बताउनुभयो । उहाँले भन्नुभयो “सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।”

    सो क्रममा उहाँले महावीर पुन आफूसँग सल्लाहानै गरेर माइतीघर मण्डलामा बसेको बताउनुभयो । बस्नुअघि आफुसँग बालुवाटारमा भेटेको भन्दै उहाँले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । दाहालले भन्नुभयो “भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसी हाँसी ।” बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफुले भनेको दाहालले जानकारी दिनुभयो ।

    पूर्व लडाकुलाई रकम दिने बिषय बि. सं. २०७१ सालको सरकारले गरेको निर्णय भएको उहाँले बताउनुभयो । तत्कालिन समयमा अर्थमन्त्री बिष्णु पौडेल रहेको र काङ्ग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको बिषय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मैले गरेको निर्णय भनेर प्रचार गरिएको छ । यो झुटो हो भन्ने प्रष्ट पार्न चाहान्छु ।”
    तत्कालिन समयमा सर्बोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको दाहालले बताउनुभयो । आर्थिक समस्याका कारण किस्ताबन्दिमा लडाकुहरुलाई रकम दिने बिषयमा छलफल भईरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रतिको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको उहाँले बताउनुभयो । दाहालले भन्नुभयो “राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भीर बिषय हो ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.