चितवन सेरोफेरो
चितवन,३ साउन। जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय...
चितवन,३ साउन । चितवनको भरतपुर विमानस्थल विस्तारको योजनामा एकपछि अर्को अड्चनका कारण ढिलाइ भएको छ। १३ सय मिटर लम्बाइ भएको भरतपुर विमानस्थल विस्तार गरेर १६ सय ५० मिटरको रनवे बनाउने योजनासहित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरणको लागि जग्गा...
चितवन,२ साउन । भरतपुरको रामपुरमा रहेको चितवन इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । खानेपानी, इन्टरनेट, छात्रवृत्तिलगायत १५ बुँदे माग राखी विद्यार्थीले एक हप्ता अगाडि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा पनि प्रशासनले कुरा नसुनेपछि विद्यार्थीले तालाबन्दी गरेका हुन् । तालाबन्दीले क्याम्पसको सबै पठनपाठन...
चितवन,२ साउन । जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा...
चितवन,२ साउन। जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् ।...
चितवन,१ साउन । गत आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । निकुञ्जका अनुसार ५ वटा घटना निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका हुन् भने एउटा घटना कोर क्षेत्रमा भएको हो...
काठमाण्डौं, २ साउन । चितवनवाट प्रकाशित लोकतन्त्र सन्देश दैनिक पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटा गंगा ज्योति स्मृति पुरस्कारवाट सम्मानित हुनु भएको छ । परमपुजनीय माता पिताको पुण्यस्मृतिमा अद्धैत संस्थाका केन्द्रीय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्वारा स्थापित गंगा–ज्योति...
चितवन,१ साउन। चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाले आइतबार इच्छाकामना–२ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद...
भरतपुर,१ श्रावण। पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने...
चितवन,३१ असार । चितवनको भरतपुर महानगरपालिका–१२, स्थित टिकौली जंगलमा तीन वटा सवारी साधन एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् । आज विहान १० बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ च ७९०१ नम्बरको कार र सोहि दिशाबाट आउँदै...
















