चितवन, १५ भदौ । शुक्रबार बिहान ७ बजे भरतपुर महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा वडाबासीको भिडभाड थियो । मानिसहरुको बीचमा एक व्यक्ति हातमा फुलका गुच्छा र खाँदै खाँदाले ढाकिएका थिए । ती व्यक्ति हुनुहुन्थ्यो वडा अध्यक्ष लेखराज (हरि) पन्त । उहाँको जन्मदिन मनाउन वडावासीहरु कार्यालयमा भेला भएका थिए ।
बाहिरबाट झलक्क हेर्दा ठूलै सभा सम्मेलन त्यहाँ हुँदै थियो जस्तो देखिन्थ्यो । उपस्थित भएका धेरैका हात हातमा फूल, माला र खादा थिए । वडा अध्यक्षको भूमिकाको कारणले मात्र नभएर सामाजिक व्यक्तित्वको हिसाबले सबैका प्रिय पात्रको रुपमा पन्त गनिनु हुन्छ । उहाँले आफुले पाउने पारिश्रमिक घर लैजानुहुन्न । त्यतिमात्र होईन आमा समूहदेखि टोल र क्लबसम्म सबैलाई व्यक्तिगत रुपमानै सहयोग गरेका कारण उहाँ प्रिय बन्नुभएरनै अरुकोभन्दा उहाँको जन्मदिन पृथक बनेको हो ।
कार्यालय परिसरमा सयपत्रिको बिरुवा रोपेपछि उहाँले भन्नुभयो “आज जन्म दिनमा केही बालबालिकाको स्वास्थ्य बीमा गराउँछु । दुई जनालाई ह्वीलचियर दिंदैछु ।” उहाँले वडा कार्यालय नजिकै रहेको कुशुम साहाराका १८ जना र आमाको छात्राबासका १२ जना अनाथहरुको स्वास्थ्य बीमा गरिदिनुभएको हो । स्वास्थ्य बीमाका लागि उहाँले रु २१ हजार दिनुभएको छ ।
यसै गरी दुई जना वडावासीलाई ह्वीलचियर उपलव्ध गराउनु भएको छ । वडा कार्यालयमा सहयोग पेटीका राखिएको छ । उहाँले भन्नुभयो “काम भएपछि वडा अध्यक्षलाई चिया खुवाउँछु भन्नेहरुलाई सहयोग पेटीकामा रकम राख्न भनेको छु ।” वडा अध्यक्ष भएपछि अहिलेसम्म पाएको तलब रु ३ लाख ५० हजार र भत्ता रु १ लाख गरी रु ४ लाख ५० हजार गरिव, बिपन्न र संघ संस्थालाई सहयोग गरिसक्नु भएको छ । उहाँले थप्नुभयो “यतिले त कहाँ पुग्छ र आफ्नो तर्फबाट पनि सहयोग गरेकै छु ।”
घर जग्गा व्यवसायमा परिचित पन्तले पछिल्लो समय कारोवारमा कमीका कारण चाहे जति सहयोग गर्न सक्नुभएको छैन । उहाँले थप्नुभयो “आर्थिक हिसाबले सामाजिक क्षेत्रमा काम गर्ने मेरो धोको पूरा हुन अझै सकेको छैन ।” स्थानीय शारदा पौडेलले पन्तले काम गर्ने क्रममा राजनैतिक नभएर व्यवहारिक ढङ्गबाट सबैलाई समेटेर काम गर्ने गरेको बताउनुभयो । पत्रकार एवं नेपाली काँग्रेस चितवनकी कार्यसमिति सदस्य समेत रहनु भएकी पौडेलले वडावासीको काममा अध्यक्षले बिभेद गरेको आफुले सुन्नु नपरेको बताउनुभयो । वडा अध्यक्ष पन्त नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित हुनुभएको हो ।
नेकपा माओवादी केन्द्र वडा नम्बर १२ का उपाध्यक्ष लिला अधिकारीले वडा अध्यक्ष पन्तले कसैलाई पूर्वाग्रही नगरी विकासका काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “यसो गर्नुप¥यो भनेपछि राम्रा कामका लागि वडा अध्यक्ष अघि सर्नुहुन्छ ।” अरु राजनैतिक दलप्रति उहाँ पूर्वाग्राही नभएको र साझा चरित्र बोकेर काम गरेको अधिकारीलले बताउनुभयो ।
साझा चरित्र बनाएर विकास निर्माणदेखि सामाजिक काम गर्दै आउनु भएका पन्तलाई भरतपुरवासीले भन्ने गरेका छन् “वडा अध्यक्ष हुनु त यस्तो पो ।”