सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्माण सामग्री व्यवसायी संघद्वारा प्रजिअ थापालाई स्वागत


  •    न्युजभित्तो/११ भाद्र २०८०, सोमबार १७:५५ 
  • भरतपुर, ११ भदौ । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई स्वागत गरेको छ । संघले आज एक कार्यक्रमको आयोजना गरी स्वागत एवं अन्तक्र्रिया गरेको हो ।

    सो अवसरमा प्रजिअ थापाले सबै ब्यवसायीसँगको सल्लाह सुझाब अनुसार नै चितवनका सबै कार्यहरू गरिने विश्वास दिलाउनु भयो । उहाँले व्यवसायी र प्रशासनको संयुक्त प्रयासले मात्रै समस्याको समाधान हुने भन्दै सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

    कार्यक्रममा उवासंघ चितवनका तृतीय उपाध्यक्ष एवं हार्डवेयर व्यवसायी सिरिष पन्तले घरभाडा, बैंक व्याज तथा सडक विस्तारमा भएको सुस्तताले व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । उहाँले भदौ महिनाभित्र पनि पुल्चोक नारायणगढ सडक निर्माण सम्पन्न नभए धेरै व्यवसायी पलायन हुने अवस्था आउन सक्ने भन्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल गर्न प्रजिअ थापालाई आग्रह गर्नुभयो ।

    संघका अध्यक्ष हरिप्रसाद गैरेले संघ स्थापनाको उद्देश्य अनुरुप व्यवसायिक एकताद्वारा व्यवसाय प्रबद्र्धन र विस्तार गर्दै विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले भविष्यमा पनि समग्र चितवनको विकासमा उत्पादनमा जोडिने र उक्त कार्यमा सहयोगको अपेक्षा र विश्वास व्यक्त गर्नुभयो ।

    पूर्व अध्यक्ष शंकर नेपालले संस्थाले गरेका महत्वपूर्ण कार्यहरुको विषयमा प्रकाश पार्नुभयो । पूर्व अध्यक्ष श्याम श्रेष्ठले राज्यका नियकाहरुले व्यवसायिक वातावरण बनाउन सहयोग गर्नुपर्ने माग गर्नुभयो ।

    संघका उपाध्यक्ष शालिक दवाडीले सरकारी निकाय र निजी क्षेत्रको समन्वयबाट मात्र दिगो विकास हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.