सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब माडीबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने


  •    न्युजभित्तो/१८ भाद्र २०८०, सोमबार ११:५८ 
  • चितवन, १८ भदौ । जिल्ला सदरमुकाम भरतपुरबाट टाढा निकुञ्जपारीको माडी नगरपालिकावासीले अब राष्ट्रिय परिचयपत्रका लागि सदरमुकाम भरतपुर धाउनु नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र माडीबाटै वितरण गर्न थालिएको हो ।

    नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भदौ २० इलाका प्रशासन कार्यालय माडीमा राष्ट्रिय परिचयपत्र वितरण युनिटको पनि उद्घाटन गर्नुहुने भएको छ ।

    गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ईलाका प्रशासन कार्यालय माडीबाटै राष्ट्रिय परिचयपत्र जारी गर्ने व्यवस्था मिलाउन पत्राचार गरेपछि भदौ २० गते नै राष्ट्रिय परिचय पत्र वितरण युनिट माडीको उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।

    दिवाकर सञ्चार केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो माडी एफएमको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेपश्चात माडीको परिचयपत्र वितरण युनिटको उद्घाटन गरिने कार्यक्रम रहेको सामुदायिक रेडियो माडीका अध्यक्ष ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.