१४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ
न्युजभित्तो/१७ भाद्र २०८०, आईतवार १२:१९
चितवन, १७ भदौ। सुस्त मनस्थितिकी एक १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ ।
बालिका बलात्कारको अभियोगमा माडी(८, कृष्णनगर चितवन निवासी अन्दाजी बर्ष ४२ का हरि हरिजनलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरी भरतपुर पठाएको हो ।
पक्राउ परेका अभियुक्त हरिजन माडी(९, हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवं हालका शिक्षक रहेको खुलेको छ । घटनाको अनुसन्धान चलिरहेको जिल्ला प्रहरी श्रोतले जनाएको छ ।