banner news

विश्वकपमा सट्टेबाजी गर्ने चितवनमा पक्राउ

चितवन । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले चितवनमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका वडा नम्वर ३ मा कोठा भाडामा लिई बस्दै आएका ३३ वर्षीय मुकेशकुमार साह रहेका छन्...

ट्र्याक्टर दुर्घटनामा तीन विद्यार्थीको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्वरको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु र चार घाइते भएका हुन् । दुर्घटनामा मृत्यु हुनेमा...

नेकपाका अध्यक्ष प्रचण्डको विश्वास : ‘विप्लवजी आउनुहुन्छ’

चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । भरतपुर महानगरपालिकाको आज आयोजित चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले...

चट्याङ लागेर ६ जनाको मृत्यु

बुटवल । रुपन्देही र दाङमा मंगलबार चट्याङ लागेर छ जनाको मृत्यु भएको छ । रुपन्देहीका ग्रामीण क्षेत्रमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङमा परेर मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक...

कालिकाको बजेट ७७ करोड २३ लाख, खैरहनीको ८२ करोड ६० लाख

चितवन । चितवनका कालिका र खैरहनी नगरपालिकाले आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । कालिका नगरपालिकाले ७७ करोड २३ लाख र खैरहनी नगरपालिकाले ८२ करोड ६० लाख रुपैयाँको बजेट ल्याएका हुन् । कालिका नगरपालिकाको चौथो नगर सभामा उपप्रमुख...

रत्ननगर नगरपालिकाको बजेट एक अर्ब ५ करोड ३२ लाख

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ५ करोड ३२ लाख रुपैयाँ बरावरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलवार सुरु भएको पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको हो ।...

भरतपुर महानगरको आगामी आर्थिक वर्षको बजेट ३ अर्ब ३७ करोड ३१ लाख (पूर्ण विवरणसहित)

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आज आयोजित चौथो नगर सभामा आगामी आर्थिक वर्षको आय–व्यय विवरण पेश गर्नुभएको...

सुधारको बाटोमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल

नारायण अधिकारी चितवन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधारोन्मुख अवस्थामा रहेको छ । तीन वर्षअघि अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गर्न बाध्य भएको सो अस्पताल अहिले सुधारोन्मुख अवस्थामा रहेको हो । अस्पतालका उपकरण बिग्रिएका, आवश्यक सामग्रीको अभाव, चिकित्सक...

‘गलबन्दी च्यातियो ….’ गीतको विवाद संसद्मा

काठमाण्डौं ।  प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी...

कार दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका...