बुटवल । रुपन्देही र दाङमा मंगलबार चट्याङ लागेर छ जनाको मृत्यु भएको छ ।
रुपन्देहीका ग्रामीण क्षेत्रमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङमा परेर मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्रबहादुर विक छन् । अपराह्न घर नजिकै गाईवस्तु चराउने क्रममा एक्कासी चट्याङ परेर घाइते भएका विकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
त्यसैगरी कञ्चन गाउँपालिका वडा नंं २ वसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको मृत्यु भएको प्रहरीले बताएको छ । यता गैडहवा गाउँपालिका–७ वर्गदैया बस्ने राम जीत लोधका २५ वर्षका छोरा भागवतदास लोधको पनि चट्याङ लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपूराले जनाएको छ ।
त्यसैगरि, दाङमा चट्याङ् लागेर तीन बालकको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् । मंगलबार साँझ सवा छ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभएको छ ।