सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘गलबन्दी च्यातियो ….’ गीतको विवाद संसद्मा


  •    /१० असार २०७६, मंगलवार १३:५२ 
  • काठमाण्डौं ।  प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हँुदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाउनुभयो ।

    साथै उहाँले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गर्नुभयो । सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महीनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सिरिञ्ज आक्रमण घटना रोक्न माग

    सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गर्नुभयो । सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद मैनाकुमारी भण्डारीले स्वास्थ्य बीमा गरेका ठूला रोग लागेका बिरामी काठमाडौँ आउनैपर्ने बाध्यता भएकामा तिनलाई वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको व्यवस्था गराउन माग गर्नुभयो । सांसद यज्ञबहादुर बोगटीले अछाममा विप्लव समूहका कार्यकर्ताले एक निजी घरमा आगजनी गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पर्याप्त सुरक्षाको व्यवस्था गर्न माग गर्नुभयो ।

    सांसद यज्ञराज सुनुवारले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखे पनि सङ्घीय ऐेन समयमै नआएसम्म सरकाको उद्देश्य पूरा नहुने धारणा व्यक्त गर्नुभयो । सांसद रङ्गमती शाहीले सशस्त्र द्वन्द्वका पीडित महिलालाई समाजमा सम्मानजनक बाँच्न पाउने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद राजबहादुर बुढाथोकीले दैलेखमा असिनाले बालीनालीमा भएको क्षतिपूर्तिका लागि सरकारकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रामकुमारी झाँक्रीले राज्यका तर्फबाट विभिन्न घटनामा दिइने क्षतिपूर्तिका सम्बन्धमा आवश्यक मापदण्डको अभावमा पहुँच हुनेले दोहोरो सुविधा लिने गरेका छन् भन्नुभयो ।

    सांसद रामेश्वरराय यादव र रामबहादुर विष्टले सर्लाहीमा मारिएका विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो भन्ने प्रश्न गर्दै यस विषयमा छानबिन गर्न माग गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.