सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट


  •    न्युजभित्तो/१० असार २०८३, बुधबार १२:५६ 
  • चितवन, १० असार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोड ४२ लाखको बजेट सार्वजनिक गरेको छ । अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा बुधबार बसेको १९औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष माया सिलवालले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६८ करोड ४२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

    गाउँपालिकाले आगामी वर्षका लागि कुल ६८ करोड ४२ लाख २८ हजार रुपैयाँ बराबरको बजेट मध्ये चालु खर्चतर्फ ४६ करोड ३९ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ २१ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटलाई आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विस्तार, वन–वातावरण संरक्षण तथा सुशासन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष सिलवालले जानकारी दिइन् ।

    गाउँपालिकाले आर्थिक विकासतर्फ ५ करोड ११ लाख ८२ हजार रुपैयाँ, सामाजिक विकासतर्फ २६ करोड ९५ लाख ६९ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २२ करोड ८६ लाख १३ हजार रुपैयाँ, वन तथा वातावरणतर्फ ८८ लाख ७१ हजार रुपैयाँ सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

    विद्यालय भवन निर्माण तथा सुधार, पर्यटकीय तथा धार्मिक स्थलको पूर्वाधार विकास, इच्छाकामना अस्पताल सुदृढीकरण र रैथाने कृषि तथा संस्कृति संरक्षणका कार्यक्रमहरु बजेटमा समेटिएको उनले बताए । वडास्तरीय पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, भवन निर्माण तथा अन्य स्थानीय आवश्यकतामा आधारित योजनाहरुलाई आगामी वर्षको कार्यक्रममा निरन्तरता दिइएको उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.