सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार


  •    न्युजभित्तो/१० असार २०८३, बुधबार १४:५१ 
  • पाल्हीनन्दन (नवलपरासी पश्चिम), १० असार । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि वर्षा नभई खडेरी लम्बिँदा अत्यधिक गर्मीसहित धानखेतका बिरुवा सुक्न थालेसँगै किसान चिन्तित देखिएका छन् ।

    लामो समयदेखि वर्षा नहँुदा पानीको हाहाकार भएको, गर्मी अत्यधिक बढेको र धानखेतमा धाँजा फाटी रोपेका बिरुवा सुक्न थालेपछि स्थानीय किसान चिन्तित देखिएका हुन् ।

    खेतमा धाँजा फाटी लगाइएका धानका बिरुवा सुक्न थालेपछि रोपाइँ बन्द गरेको पाल्हीनन्दन–६ निवासी दीनानाथ यादव बताउनुहुन्छ । उहाँका अनुसार यस वर्षको लामो खडेरीसँगै डिपबोरिङ र चापाकलसमेत सुक्न थालेपछि सिँचाइको अतिरिक्त पिउने पानीको समेत समस्या थपिएको छ ।

    पाल्हीनन्दन–५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठी गण्डक नहरदेखि दक्षिणतर्फका गाउँमा चापाकलमा थारै भए पनि पानी आइदिँदा लत्ताकपडा धुन र नुहाउन राहत मिलेको भए पनि आफ्नो गाउँठाउँतर्फ भने पानीको हाहाकार भएको बताउनुहुन्छ ।

    खानेपानीको अभाव भएपछि चन्दा उठाएर मोटर सञ्चालन गरी खानेपानी संस्थानले गाडेको डिप बोरिङबाट पानीको व्यवस्था गर्न बाध्य हुनुपरेको अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो ।

    अध्यक्ष त्रिपाठीका अनुसार दुई साताभन्दा बढी समयदेखि पानी नपर्दा गर्मी अचाक्ली बढी रोपेको धानका बिरुवा सुक्न थालेपछि बाँकी खेतमा धान रोप्ने काम बन्द गरिएको छ ।

    कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख शिवप्रसाद अर्यालले पश्चिमी वायु प्रणाली सक्रिय हुँदा खुसी भई रोपेका धानका बिरुवा सुक्न थालेपछि किसान आत्तिन थालेको बताउनुभयो ।

    जिल्लामा अहिलेम्म करिब चालिस प्रतिशत धान रोपाइँको काम सकिएको जानकारी दिँदै प्रमुख अर्यालले भन्नुभयो, “दुई सातादेखि पानी नपर्दा रोपेका धानका बिरुवा सुक्न थालेका छन् । खानेपानीको समेत हाहाकार भइदिँदा किसानसहित स्थानीय जनता आँत्तिएका छन् । बोरिङ र चापाकलसमेत सुक्दा पश्चिम नवलपरासी क्षेत्रमा झन् समस्या देखिएको अवस्था छ ।”

    यसैबीच, देशको पूर्वतर्फबाट मनसुन भित्रियो भन्ने खबर सुन्न पाइएको छ भन्दै स्थानीय किसानबाट अब छिट्टै वर्षा भइदिए गर्मी कम हुने, खानेपानी तथा सिँचाइको समस्या समाधान हुने, धानका बिरुवाले जीवन पाउने र कृषि व्यवसायमा सक्रिय भई आनन्द लिन पाउने अपेक्षा गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.