सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर नगरपालिकाको बजेट एक अर्ब ५ करोड ३२ लाख


  •    /१० असार २०७६, मंगलवार १८:५८ 
  • रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ५ करोड ३२ लाख रुपैयाँ बरावरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलवार सुरु भएको पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको हो ।

    नगर सभामा उपप्रमुख विमलादेवी दुवाडीले बजेट प्रस्तुत गर्दै नेपाल सरकारबाट सशर्त अनुदान २८ करोड २० लाख, समानिकरण अनुदान १९ करोड १३ लाख, राजस्व बाँडफाँडमा ११ करोड ६९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड १० लाख, सशर्त अनुदान ४ करोड ९६ लाख, राजस्व वाँडफाँडमा ३ करोड ३१ लाख, सामाजिक सुरक्षा २० करोड आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।

    समपुरक अनुदान २ करोड, विषेश अनुदान २ करोड, सडक बोर्डबाट ८० लाख, प्रधानमन्त्री रोजगारी कार्यक्रमबाट ५० लाख गरी कुल १ अर्ब ५ करोड रुपैयाँको बजेट रहने उपप्रमुख दुवाडीले बताउनुभयो । क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड २५ लाख, सामाजिक विकासमा १ करोड ९३ लाख, संस्थागत विकास तथा सुशासनमा ३७ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ८७ लाख, पूर्वाधार विकासमा ८ करोड ६७ लाख रहेको उपप्रमुख दुवाडीले जानकारी दिनुभयो ।

    सो अवसरमा प्रमु्ख नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहाचोकमा आकाशे पुल र एक वडा एक पुस्तकालय निर्माण गरिने वनले बताउनुभयो । नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन बसपार्क, पर्यटन सूचना केन्द्रको निर्माण, “नगर प्रमुखसँग उद्यमशिलता विकास” कार्यक्रम संचालन गरिनेछ । नगरपालिकामा सम्भावनाको क्षेत्रको रूपमा रहेको कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिर्दै एक अत्याधुनिक शीत भण्डार निर्माण,“कृषि सूचना प्रणाली केन्द्र” को स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    जेष्ठ नागरिकलाई दैलोमा नै उपचार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ । गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिदै “पूर्ण सुरक्षित मातृत्व प्राप्त नगरपालिका” र “कुपोषण मुक्त नगरपालिका” निर्माणका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने प्रमुख वनले जानकारी दिनु्भयो ।

    मानव र वन्यजन्तु बीचको सम्बन्धमा समायानुकुल सुधारका लागी सीमानामा पक्की पर्खाल तथा तारजाली लगाउने र जंगल सीमानासँग जोडिएका बस्तीका बिशेष गरी वडा नं. ५, ६, ७, ८, ९ र ११ बासिन्दालाई जीवनबीमा गरिनेछ । नगरबासीहरुको खरको छानो विस्थापित गरी टिनको छानो, शौचालय नहुने नगरबासीलाई शौचालयको व्यवस्था गर्ने, गरिब र विपन्न घरधुरीलाई सुधारिएको चुल्हो वितरण गर्ने, सबै वडामा एकीकृत पुस्तकालय, खोपकेन्द्र र पार्कको व्यवस्था गरिनेछ ।

    स्वास्थ्यको क्षेत्रमा बृद्धबृद्धा, आर्थिक स्थिति कमजोर भएका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल लैजादा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने प्रमुख वनले बताउनुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संशोधन सहित पारित भएको नगरप्रबक्ता राजेन्द्र हमालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.