सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिकाको बजेट ७७ करोड २३ लाख, खैरहनीको ८२ करोड ६० लाख


  •    /१० असार २०७६, मंगलवार २०:२९ 
  • चितवन । चितवनका कालिका र खैरहनी नगरपालिकाले आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । कालिका नगरपालिकाले ७७ करोड २३ लाख र खैरहनी नगरपालिकाले ८२ करोड ६० लाख रुपैयाँको बजेट ल्याएका हुन् ।

    कालिका नगरपालिकाको चौथो नगर सभामा उपप्रमुख कमला भट्टराईले आगामी आर्थिक वर्षका लागि ७७ करोड २३ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो । जस अन्तर्गत चालु खर्च २८ करोड २ लाख ९ हजार र पूँजीगत खर्च ४९ करोड २१ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

    उपप्रमुख भट्टराईका अनुसार आगामी वर्ष आन्तरिक आम्दानी १८ करोड ९ लाख ८० हजार रुपैयाँ ,राजस्व बाँडफाटबाट १ करोड २ लाख ९० हजार रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३९ करोड ४० लाख ७४ हजार, प्रदेश सरकारबाट ३ करोड ६ लाख ७४ हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।

    सो अवसरमा नीति तथा कार्यक्रममाथि नगर सभाषद्हरुले राखेको प्रश्नको जवाफ दिँदै नगर प्रमुख खुमनारायण श्रेष्ठले बजेटको पूर्ण कार्यान्वयन गरी विकास लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सीमान्तकृत चेपाङ समुदायलाई घर निर्माणको लागि मेयर आवास कार्यक्रम ल्याएको पनि बताउनुभयो ।

    त्यसैगरि, खैरहनी नगरपालिकाको आज आयोजित पाँचौँ नगर सभामा नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलियाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६० लाख ५२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ४३ करोड ७४ लाख १२ हजार र पूँजीगत खर्च ३८ करोड ८६ लाख ४० हजार रहेको छ ।

    आन्तरिक आम्दानी ९ करोड २५ लाख २५ हजार, वित्तीय सामान्यीकरण सशर्त अनुदान २० करोड ९३ लाख ९२ हजार, वित्तीय सामान्यीकरण निशर्त अनुदान १७ लाख ७० हजार १६ हजार, राजस्व बाँडफाट १३ करोड ३२ लाख ७८ हजार, समपुरक कोष दुई करोड, सामाजिक सुरक्षा कार्यक्रम १० करोड, सडक बोर्ड नेपालबाट ४० लाख, अन्य आम्दानी एक करोड, संरक्षित पूँजी दुई करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम एक करोड, तराई मधेस समृद्धि कार्यक्रम एक करोड ५० लाख, संरक्षित वन रोयल्टी ४८ लाख ४१ हजार, लागत सहभागिता तीन करोड गरी कुल ८२ करोड ६० लाख ५२ हजार रुपैयाँ अनुमान गरिएको नगर उपप्रमुख थपलियाले जानकारी गराउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.