भरतपुर महानगरको आगामी आर्थिक वर्षको बजेट ३ अर्ब ३७ करोड ३१ लाख (पूर्ण विवरणसहित)
/१० असार २०७६, मंगलवार १४:४०
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आज आयोजित चौथो नगर सभामा आगामी आर्थिक वर्षको आय–व्यय विवरण पेश गर्नुभएको हो ।
महानगरले आन्तरिक आय रु. ८० करोड (घरजग्गा रजिष्ट्रेशन शुल्क समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु. १ अर्व ४२ करोड ५५ लाख ४६ हजार, केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने राजश्व बाँडफाट बापत रु. ५३ करोड २५ लाख ७१ हजार, अन्य (मर्मत सम्भार कोष बाट) रु. १ करोड ५० लाख तथा जनसहभागिताबाट रु. ३० करोड र बैंक मौज्दात रु. ३० करोड आम्दानी गरि खर्च गर्ने गरि बजेट ल्याएको छ । साथै महानगरले अन्तरसरकारी अख्तियारीबाट रु. ६० करोड प्राप्त हुने अनुमान गरेको छ ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा शहरी पूर्वाधार विकासका लागि रू. ४७ करोड ७४ लाख १० हजार, समग्र आर्थिक विकास तथा उत्पादनको क्षेत्रमा रु. १९ करोड ७२ हजार, सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रमा रु. ८ करोड ६३ लाख ९६ हजार, स्वास्थ्य क्षेत्रमा रु. ८ करोड ६३ लाख ९६ हजार, वातावरण तथा विपद् व्यवस्थापन कार्यको लागि रु. ८ करोड ६३ लाख ९६ हजार, कमजोर पक्षको सबलीकरणतर्फ रू. ४ करोड ३१ लाख ९८ हजार, युवा तथा खेलकुदतर्फ रु. ३ करोड ४५ लाख ५९ हजार, गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न प्रत्येक वडाबाट रु ५ लाख सहित रु ६ करोड ४५ लाख, संस्थागत विकास तथा सुशासनतर्फ रू. ३ करोड ४५ लाख ५९ हजार, सेवा प्रवाह र प्रशासनिक कार्यतर्फ महानगरपालिकाका कर्मचारीको क्षमता अभिबृद्धि गर्न, महानगरको संगठन र संस्थागत विकास गरी सुदृढ प्रशासन कायम गर्न र कार्यालयको प्रशासनिक तथा उपभोग खर्चमा रू. ४६ करोड र हरेक वडामा समानुपातिक विकास गर्ने उद्देश्यले वडास्तरबाटै कार्यान्वयन हुने गरी रु. ३३ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वाधार विकास, उत्पादनशील क्षेत्रहरु (कृषि, पशु, पर्यटन, उद्योग र सहकारी आदि), शिक्षा र स्वास्थ्य, वातावरण तथा सरसफाई र विपद् व्यवस्थापन, कमजोर पक्षको सबलीकरण, युवा तथा खेलकुद र संस्थागत विकास तथा सुशासनलाई आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका प्राथमिकताका क्षेत्रहरू निर्धारण गरिएको उपप्रमुख शाहले जानकारी गराउनुभयो ।
भरतपुर महानगरपालिकाको चौथो नगर सभाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरको एक सय ९५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
प्रस्तुत बजेटको पूर्ण विवरण यसप्रकार छ :
भरतपुर महानगरपालिकाको चौँथो नगरसभामा नगर उपप्रमुख श्री पार्वती शाह ठकुरीज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष 2076/077 को आय तथा व्ययको विवरण
सभाका अध्यक्ष एवं नगर प्रमुखज्य”,
नगर सभाका सदस्यज्य”हरू।
भरतपुर महानगरपालिकाको उपप्रमुखको हैसियतले यस महानगरपालिकाको चौथो नगर सभा समक्ष आगामी आर्थिक वर्ष २०७६।०७७ को बजेट प्रस्तुत गरिरहँदा अत्यन्तै गौरवान्वित भएकी छु। यस महत्वपूर्ण अवसरमा नेपालको राजनीतिक परिर्वतनका लागि जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दछु । राष्ट्रियता, स्वाधिनता, सामाजिक न्याय, समानता र समृद्धि तथा संघीय शासन प्रणाली स्थापित गर्नका लागि संघर्ष गर्नुहुने महान नेपाली र त्यसको सक्षम नेतृत्व गर्नुहुने राजनीतिका शिखर व्यक्तित्वहरू प्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।
“मध्य–नेपालको सुन्दर शहर; समृद्ध र सुसंस्कृत भरतपुर महानगर “ भन्ने मूल नारालार्इ आत्मसात् गरी स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षित आवास तथा उत्पादन जस्ता आवश्यकताहरूको परिपूर्तिबाट नगरवासीलार्इ परिर्वतनको आभाष दिलाउने अठोटका साथ महानगर अघि बढिरहेको छ ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान; स्थानीय सरकार सञ्चालन ऐन, २०७४; महानगरको अर्थ विधेयक, २०७६; विनियोजन विधेयक, २०७६; महानगरको नीति तथा कार्यक्रम; संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु; महानगरका विषयगत समितिका सुझावहरू; दिगो विकासका लक्ष्य; वडा भेलाबाट प्राप्त सुझावहरू; विषय विज्ञका रायसुझाव तथा राजनीतिक दलहरू, संघ–संस्था, महानगरका सम्पूर्ण दिदी –बहिनी तथा दाजु–भार्इहरूबाट प्राप्त रचनात्मक सुझावहरूलार्इ आ. व. २०७६/ ७७ को बजेट तर्जुमाको मुख्य आधारको रूपमा लिइएको छ ।
सभाका अध्यक्षज्यू,
अब म महानगरको आर्थिक स्थितिको संक्षिप्त जानकारी गराउन चाहन्छु। चालु आ. व. २०७५।७६ को लागि कूल अनुमानित आय रु ३ अर्व ७६ करोड ३ लाख ९४ हजार (पुरक बजेट समेत) र व्यय तर्फ रु ३ अर्व ७६ करोड ३ लाख ९४ हजार (पुरक बजेट समेत) रकम अनुमान गरिएको थियो। अनुमानित आयमा २०७६ आषाढ पहिलो हप्ता सम्म महानगरले करिब रू. ३६ करोड ८३ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क वापत रु २६ करोड ६६ लाख ५८ हजार एवं जनसहभागिता गरी रु ८३ करोड ५९ लाख ८५ हजार आम्दानी भएको छ । जनसहभागिता लागतको प्रक्षेपित लक्ष्य रु २० करोड पुगेको छ। साथै ढुङ्गा, गिट्टी, वालुवा तथा माटोजन्य वस्तुबाट रु ४ करोड ६३ लाख प्राप्त भएको छ।
व्ययतर्फ चालु शीर्षकमा रु १ अर्व ८९ करोड ६५ लाख विनियोजन भएकोमा २०७६ आषाढ पहिलो हप्तासम्म रु १ अर्ब २७ करोड ४७ लाख ८५ हजार अर्थात ६७.२ प्रतिशत र पुँजिगत तर्फ रु १ अर्व ८६ करोड ३८ लाख ९४ हजार विनियोजन भएकोमा ८२ करोड २१ लाख ३६ हजार अर्थात ४५ प्रतिशत गरी कुल खर्च जम्मा रु २ अर्ब ९ करोड ६९ लाख २१ हजार रहेको छ ।
२०७६ आषाढ मसान्तसम्म संसोधित अनुमान राजश्व आम्दानीतर्फ जनसहभागिता तथा घरजग्गा रजिष्ट्रेशन शुल्क समेत गरी करिब रू. ९३ करोड आम्दानी हुने देखिन्छ। खर्चतर्फ चालु खर्च करिब रू १ अर्ब ९८ करोड र पुँजिगत खर्चतर्फ रू १ अर्ब ३५ करोड हुने संशोधित अनुमान गरिएको छ ।
अब म आगामी वर्ष २०७६।७७ को बजेटका उद्देश्य तथा प्राथामिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
बजेटका उद्देश्यहरू निम्न अनुसार प्रस्तुत गरिएको छः
महानगरबासीहरुको मौलिक हकको रूपमा रहेका न्यूनतम आधारभूत आवश्यकताहरू परिपूर्ति गर्ने ।
साधन-स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउने ।
आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनार्इ राष्ट्रको विकासमा टेवा पुर्याउने ।
आर्थिक वर्ष २०७६।७७ को बजेटका प्रथामिकताका क्षेत्रहरू निम्न अनुसार प्रस्तुत गरिएको छः
पूर्वाधार विकास
उत्पादनशील क्षेत्रहरु (कृषि, पशु, पर्यटन, उद्योग र सहकारी आदि)
शिक्षा र स्वास्थ्य
वातावरण तथा सरसफाई र विपद् व्यवस्थापन
कमजोर पक्षको सबलीकरण
युवा तथा खेलकुद
संस्थागत विकास तथा सुशासन
बजेटले राखेका उद्देश्य एवं प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय र साझेदारी गरिनेछ । विनियोजन हुने बजेट र वार्षिक कार्यक्रमलार्इ बजेटका प्राथमिकता र उद्देश्यसँग तादात्म्यता कायम गर्ने प्रयास गरिएको छ । उपलब्ध पूँजी, सीप र क्षमताको प्रभावकारी उपयोग गर्न विकासका सहयात्री सहकारी र निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।
सभाका अध्यक्ष एवं नगर प्रमुखज्य”,
नगर सभाका सदस्यज्य”हरू
अब म महानगरको आ.व. २०७६।७७ को कूल आय र व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरीएको अनुमानित विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
नीति तथा कार्यक्रम कार्यान्वयनको लागि आ.व. २०७६।७७ को कूल व्यय रू. ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार विनियोजन गरिएको छ। अन्तरसरकारी अख्तियारीबाट रु ६० करोड प्राप्त हुने अनुमान गरिएको छ । यसको लागि आन्तरिक आय रु ८० करोड (घरजग्गा रजिष्ट्रेशन शुल्क समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ४२ करोड ५५ लाख ४६ हजार, केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने राजश्व बाँडफाँड बापत रु ५३ करोड २५ लाख ७१ हजार अन्य (मर्मत सम्भार कोष बाट) रु १ करोड ५० लाख तथा जनसहभागिताबाट रु ३० करोड र बैंक मौज्दात रु ३० करोड रहने प्रक्षेपण गरिएको छ।
अन्तरसरकारी अख्तियारीबाट प्राप्त रकम मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै लेखांकन गरिने छ।
अब म क्षेत्रगत कार्यक्रम तथा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु ।
शहरी पूर्वाधार विकासः- महानगरको पहिचान दिन र दीगो विकासलार्इ सुनिश्चित गर्न बहुउद्देश्यीय व्यापारिक भवन, महानगरीय नमूना सडक निर्माण एवं सौन्दर्यकरण तथा मुख्य प्रशासकीय भवनलाई गौरबका योजनाहरुको रुपमा राखी द्रुत गतिमा कार्यान्वयनमा ल्याइने छ । साथै केन्द्र सरकार र प्रदेश सरकारसँग समपूरक अनुदान माग गर्न समपूरक तथा साझेदारी कोष समेत खडा गरिएको छ । समग्र शहरी पूर्वाधार विकासको लागि रू. ४७ करोड ७४ लाख १० हजार विनियोजन गरिएको छ।
उत्पादनशील क्षेत्र– महानगरको कृषि तथा सहकारी, पर्यटन, पशु र उद्योग क्षेत्रको विकास मार्फत आत्मनिर्भर महानगर बनार्इ राष्टिय अर्थतन्त्रमा समेत योगदान दिन कृषि क्षेत्रमा रु ६ करोड ४ लाख ७७ हजार, पशु विकास कार्यक्रम तर्फ रु ६ करोड ४ लाख ७७ हजार, पर्यटन तथा उद्योग क्षेत्रमा रु ३ करोड ४५ लाख ५९ हजार र सहकारी क्षेत्रको विकाको लागि रु ३ करोड ४५ लाख ५९ हजार गरी समग्र आर्थिक विकास तथा उत्पादनको क्षेत्रमा रू. १९ करोड ७२ हजार विनियोजन गरिएको छ।
सामाजिक विकास
शिक्षातर्फः
समृद्ध नगरको थालनी, शिक्षामा लगानी भन्ने नाराका साथ विद्यालय उमेर समूहका सवै बालवालिकालाई शिक्षाको पहुँच विस्तार र गुणस्तरीय शिक्षाको प्रत्याभूति हुने गरी शैक्षिक कार्यक्रम संचालनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।
सवै माध्यमिक तह संचालन भएका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारी हुँदा पर्ने समस्या तथा पठनपाठनमा हुने अफ्ठ्यारोपन न्यूनीकरण गर्न सबै सामुदायिक माध्यमिक विद्यालयमा सेनिटरी प्याड र भेण्डिङ्ग मेसिनको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।
शिक्षाको जगमा लगानी गरे उच्चतम् प्रतिफल प्राप्त हुने कुरालाई मध्यनजर राख्दै प्रारम्भिक बाल विकासमा अध्यापन गर्ने सहयोगी कार्यकर्तालाई साविकमा खाइपाई आएको सेवा सुविधामा २० प्रतिशतले वृद्धि गरी प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको छ । साथै पोसाक भत्ता वापत वार्षिक रु. ४ हजार एकमुष्ट दिने व्यवस्थाका लागि रु. ६० लाख विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयमा प्राज्ञिक र प्रशासकीय प्रमुखको नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रधानाध्यापकको नेपाल सरकारले तोकेको साविकको भत्तामा सतप्रतिशत बृद्धि गरिएको छ।
बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याउने कुरालाई मध्यनजर राख्दै विद्यालयको भौतिक सुदृढीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । स्थानीय तहमा रहेका पुरातात्विक र परम्परागत साधन र सामग्री पुस्तान्तरणका लागि नमूना लघु संग्रहालय स्थापना गरिनेछ ।
शिक्षा क्षेत्रमा कूल रु ८ करोड ६३ लाख ९६ हजार विनियोजन गरिएको छ ।
स्वास्थ्य तर्फः
गुणस्तरीय स्वास्थ सेवा मार्फत महानगरवासीलाई सुखी र खुसी बनाउन स्वास्थ्य क्षेत्रमा रु ८ करोड ६३ लाख ९६ हजार विनियोजन गरिएको छ।
वातावरण तथा सरसफाई र विपद् व्यवस्थापनः- महानगरीय सौन्दर्यता र स्वच्छ वातावरण प्रर्वद्धन गर्ने, नारायणी नदि किनारलाई सी—बीच मोडेलको रुपमा विकास गर्ने, जैविक विविधताको संरक्षण, महानगरीय पार्क निर्माण, सरसफार्इ तथा फोहोरमैला व्यवस्थापन गर्नुको साथै ढल ढकनी निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ। साथै विपद्जन्य घटनाको पूर्व तयारी तथा प्रतिकार्य गर्नको लागि स्रोतको व्यवस्था गरिएको छ । समग्र वातावरण तथा विपद् व्यवस्थापन कार्यको लागि रू. ८ करोड ६३ लाख ९६ हजार विनियोजन गरिएको छ ।
कमजोर पक्षको सबलीकरण:
महिला, बालबालिका, अपाङ, दलित लगायतका कमजोर पक्षको सबलीकरणका लागि जोखिममा रहेका वर्गसँग मेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ।उल्लेखित समूहको समन्यायिक विकासको लागि उपमेयर कार्यक्रम संचालन गरिनेछ। यस क्षेत्रका लागि रू. ४ करोड ३१ लाख ९८ हजार बजेट विनियोजन गरिएको छ ।
युवा तथा खेलकुद: युवाको क्षमता विकास तथा खेलकुदको माध्यमबाट महानगरलाई परिचित गराउनको लागि रु ३ करोड ४५ लाख ५९ हजार विनियोजन गरिएको छ। गौरबको योजनाका रुपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न प्रत्येक वडाबाट रु ५ लाख सहित रु ६ करोड ४५ लाख विनियोजन गरिएको छ।
संस्थागत विकासतथासुशासनः
वित्तीय एवं संस्थागत व्यवस्थापनलार्इ चुस्त र दुरूस्त बनाउन, लेखा प्रणालीलार्इ सुदृढीकरण गर्न, करको दायरामा नआएका करदातालार्इ करको दायरामा ल्याउन, कर्मचारीको क्षमता अभिवृद्धि गर्न र वित्तीय व्यवस्थापनलाई सूचना प्रविधिमैत्री बनार्इ सुशासन कायम राख्न रू. ३ करोड ४५ लाख ५९ हजार बजेट व्यवस्था गरिएको छ।
सेवा प्रवाह र प्रशासनिक कार्य :– उच्च एवं उत्प्रेरित तथा मनोबलयुक्त जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह भई आम सेवाग्राहीले सुशासनको अनुभूत गर्ने हुँदा कर्मचारीको क्षमता अभिबृद्धि गर्न, महानगरको संगठन र संस्थागत विकास गरी सुदृढ प्रशासन कायम गर्न र कार्यालयको प्रशासनिक तथा उपभोग खर्चमा रू. ४६ करोड विनियोजन गरिएको छ ।
निश्चित मापदण्डका आधारमा हरेक वडामा समानुपातिक विकास गर्ने उद्देश्यले वडास्तरबाटै कार्यान्वयन हुने गरी रु. ३३ करोड ९० लाख विनियोजन गरिएको छ।
अन्तमा,
चालु आ.व.को हालसम्मको आय व्ययको विवरण (नगरकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट भएका आयोजनागत विनियोजन एवं संशोधन समेत), आय व्ययको संशोधित अनुमान, आगामी आर्थिक वर्षको विषय क्षेत्रगत, आयोजनागत बजेटको अनुमानित विवरण समेटिएको वार्षिक योजना पुस्तिका छिट्टै सार्वजनिक गरिनेछ। प्रस्तुत बजेट तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउनुहुने नगर प्रमुखज्यू, कार्यपालिका सदस्यज्यू, नगरसभा सदस्यज्यू, विज्ञ महानुभावहरु, राजनीतिज्ञज्यू लगायत सम्पूर्ण नगरबासी दाजुभार्इ तथा दिदीबहिनी एवम् अहोरात्र खटिने कर्मचारी मित्रहरूलार्इ हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आज आयोजित चौथो नगर सभामा आगामी आर्थिक वर्षको आय–व्यय विवरण पेश गर्नुभएको हो ।
महानगरले आन्तरिक आय रु. ८० करोड (घरजग्गा रजिष्ट्रेशन शुल्क समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु. १ अर्व ४२ करोड ५५ लाख ४६ हजार, केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने राजश्व बाँडफाट बापत रु. ५३ करोड २५ लाख ७१ हजार, अन्य (मर्मत सम्भार कोष बाट) रु. १ करोड ५० लाख तथा जनसहभागिताबाट रु. ३० करोड र बैंक मौज्दात रु. ३० करोड आम्दानी गरि खर्च गर्ने गरि बजेट ल्याएको छ । साथै महानगरले अन्तरसरकारी अख्तियारीबाट रु. ६० करोड प्राप्त हुने अनुमान गरेको छ ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा शहरी पूर्वाधार विकासका लागि रू. ४७ करोड ७४ लाख १० हजार, समग्र आर्थिक विकास तथा उत्पादनको क्षेत्रमा रु. १९ करोड ७२ हजार, सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रमा रु. ८ करोड ६३ लाख ९६ हजार, स्वास्थ्य क्षेत्रमा रु. ८ करोड ६३ लाख ९६ हजार, वातावरण तथा विपद् व्यवस्थापन कार्यको लागि रु. ८ करोड ६३ लाख ९६ हजार, कमजोर पक्षको सबलीकरणतर्फ रू. ४ करोड ३१ लाख ९८ हजार, युवा तथा खेलकुदतर्फ रु. ३ करोड ४५ लाख ५९ हजार, गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न प्रत्येक वडाबाट रु ५ लाख सहित रु ६ करोड ४५ लाख, संस्थागत विकास तथा सुशासनतर्फ रू. ३ करोड ४५ लाख ५९ हजार, सेवा प्रवाह र प्रशासनिक कार्यतर्फ महानगरपालिकाका कर्मचारीको क्षमता अभिबृद्धि गर्न, महानगरको संगठन र संस्थागत विकास गरी सुदृढ प्रशासन कायम गर्न र कार्यालयको प्रशासनिक तथा उपभोग खर्चमा रू. ४६ करोड र हरेक वडामा समानुपातिक विकास गर्ने उद्देश्यले वडास्तरबाटै कार्यान्वयन हुने गरी रु. ३३ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वाधार विकास, उत्पादनशील क्षेत्रहरु (कृषि, पशु, पर्यटन, उद्योग र सहकारी आदि), शिक्षा र स्वास्थ्य, वातावरण तथा सरसफाई र विपद् व्यवस्थापन, कमजोर पक्षको सबलीकरण, युवा तथा खेलकुद र संस्थागत विकास तथा सुशासनलाई आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका प्राथमिकताका क्षेत्रहरू निर्धारण गरिएको उपप्रमुख शाहले जानकारी गराउनुभयो ।
भरतपुर महानगरपालिकाको चौथो नगर सभाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरको एक सय ९५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
प्रस्तुत बजेटको पूर्ण विवरण यसप्रकार छ :
भरतपुर महानगरपालिकाको चौँथो नगरसभामा नगर उपप्रमुख श्री पार्वती शाह ठकुरीज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष 2076/077 को आय तथा व्ययको विवरण
सभाका अध्यक्ष एवं नगर प्रमुखज्य”,
नगर सभाका सदस्यज्य”हरू।
भरतपुर महानगरपालिकाको उपप्रमुखको हैसियतले यस महानगरपालिकाको चौथो नगर सभा समक्ष आगामी आर्थिक वर्ष २०७६।०७७ को बजेट प्रस्तुत गरिरहँदा अत्यन्तै गौरवान्वित भएकी छु। यस महत्वपूर्ण अवसरमा नेपालको राजनीतिक परिर्वतनका लागि जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दछु । राष्ट्रियता, स्वाधिनता, सामाजिक न्याय, समानता र समृद्धि तथा संघीय शासन प्रणाली स्थापित गर्नका लागि संघर्ष गर्नुहुने महान नेपाली र त्यसको सक्षम नेतृत्व गर्नुहुने राजनीतिका शिखर व्यक्तित्वहरू प्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।
“मध्य –नेपालको सुन्दर शहर; समृद्ध र सुसंस्कृत भरतपुर महानगर “ भन्ने मूल नारालार्इ आत्मसात् गरी स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षित आवास तथा उत्पादन जस्ता आवश्यकताहरूको परिपूर्तिबाट नगरवासीलार्इ परिर्वतनको आभाष दिलाउने अठोटका साथ महानगर अघि बढिरहेको छ ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान; स्थानीय सरकार सञ्चालन ऐन, २०७४; महानगरको अर्थ विधेयक, २०७६; विनियोजन विधेयक, २०७६; महानगरको नीति तथा कार्यक्रम; संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु; महानगरका विषयगत समितिका सुझावहरू; दिगो विकासका लक्ष्य; वडा भेलाबाट प्राप्त सुझावहरू; विषय विज्ञका रायसुझाव तथा राजनीतिक दलहरू, संघ–संस्था, महानगरका सम्पूर्ण दिदी –बहिनी तथा दाजु–भार्इहरूबाट प्राप्त रचनात्मक सुझावहरूलार्इ आ. व. २०७६/ ७७ को बजेट तर्जुमाको मुख्य आधारको रूपमा लिइएको छ ।
सभाका अध्यक्षज्यू,
अब म महानगरको आर्थिक स्थितिको संक्षिप्त जानकारी गराउन चाहन्छु। चालु आ. व. २०७५।७६ को लागि कूल अनुमानित आय रु ३ अर्व ७६ करोड ३ लाख ९४ हजार (पुरक बजेट समेत) र व्यय तर्फ रु ३ अर्व ७६ करोड ३ लाख ९४ हजार (पुरक बजेट समेत) रकम अनुमान गरिएको थियो। अनुमानित आयमा २०७६ आषाढ पहिलो हप्ता सम्म महानगरले करिब रू. ३६ करोड ८३ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क वापत रु २६ करोड ६६ लाख ५८ हजार एवं जनसहभागिता गरी रु ८३ करोड ५९ लाख ८५ हजार आम्दानी भएको छ । जनसहभागिता लागतको प्रक्षेपित लक्ष्य रु २० करोड पुगेको छ। साथै ढुङ्गा, गिट्टी, वालुवा तथा माटोजन्य वस्तुबाट रु ४ करोड ६३ लाख प्राप्त भएको छ।
व्ययतर्फ चालु शीर्षकमा रु १ अर्व ८९ करोड ६५ लाख विनियोजन भएकोमा २०७६ आषाढ पहिलो हप्तासम्म रु १ अर्ब २७ करोड ४७ लाख ८५ हजार अर्थात ६७.२ प्रतिशत र पुँजिगत तर्फ रु १ अर्व ८६ करोड ३८ लाख ९४ हजार विनियोजन भएकोमा ८२ करोड २१ लाख ३६ हजार अर्थात ४५ प्रतिशत गरी कुल खर्च जम्मा रु २ अर्ब ९ करोड ६९ लाख २१ हजार रहेको छ ।
२०७६ आषाढ मसान्तसम्म संसोधित अनुमान राजश्व आम्दानीतर्फ जनसहभागिता तथा घरजग्गा रजिष्ट्रेशन शुल्क समेत गरी करिब रू. ९३ करोड आम्दानी हुने देखिन्छ। खर्चतर्फ चालु खर्च करिब रू १ अर्ब ९८ करोड र पुँजिगत खर्चतर्फ रू १ अर्ब ३५ करोड हुने संशोधित अनुमान गरिएको छ ।
अब म आगामी वर्ष २०७६।७७ को बजेटका उद्देश्य तथा प्राथामिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
बजेटका उद्देश्यहरू निम्न अनुसार प्रस्तुत गरिएको छः
आर्थिक वर्ष २०७६।७७ को बजेटका प्रथामिकताका क्षेत्रहरू निम्न अनुसार प्रस्तुत गरिएको छः
बजेटले राखेका उद्देश्य एवं प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय र साझेदारी गरिनेछ । विनियोजन हुने बजेट र वार्षिक कार्यक्रमलार्इ बजेटका प्राथमिकता र उद्देश्यसँग तादात्म्यता कायम गर्ने प्रयास गरिएको छ । उपलब्ध पूँजी, सीप र क्षमताको प्रभावकारी उपयोग गर्न विकासका सहयात्री सहकारी र निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।
सभाका अध्यक्ष एवं नगर प्रमुखज्य”,
नगर सभाका सदस्यज्य”हरू
अब म महानगरको आ.व. २०७६।७७ को कूल आय र व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरीएको अनुमानित विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
नीति तथा कार्यक्रम कार्यान्वयनको लागि आ.व. २०७६।७७ को कूल व्यय रू. ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार विनियोजन गरिएको छ। अन्तरसरकारी अख्तियारीबाट रु ६० करोड प्राप्त हुने अनुमान गरिएको छ । यसको लागि आन्तरिक आय रु ८० करोड (घरजग्गा रजिष्ट्रेशन शुल्क समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ४२ करोड ५५ लाख ४६ हजार, केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने राजश्व बाँडफाँड बापत रु ५३ करोड २५ लाख ७१ हजार अन्य (मर्मत सम्भार कोष बाट) रु १ करोड ५० लाख तथा जनसहभागिताबाट रु ३० करोड र बैंक मौज्दात रु ३० करोड रहने प्रक्षेपण गरिएको छ।
अन्तरसरकारी अख्तियारीबाट प्राप्त रकम मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै लेखांकन गरिने छ।
अब म क्षेत्रगत कार्यक्रम तथा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु ।
शिक्षा तर्फः
समृद्ध नगरको थालनी, शिक्षामा लगानी भन्ने नाराका साथ विद्यालय उमेर समूहका सवै बालवालिकालाई शिक्षाको पहुँच विस्तार र गुणस्तरीय शिक्षाको प्रत्याभूति हुने गरी शैक्षिक कार्यक्रम संचालनका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ ।
सवै माध्यमिक तह संचालन भएका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारी हुँदा पर्ने समस्या तथा पठनपाठनमा हुने अफ्ठ्यारोपन न्यूनीकरण गर्न सबै सामुदायिक माध्यमिक विद्यालयमा सेनिटरी प्याड र भेण्डिङ्ग मेसिनको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।
शिक्षाको जगमा लगानी गरे उच्चतम् प्रतिफल प्राप्त हुने कुरालाई मध्यनजर राख्दै प्रारम्भिक बाल विकासमा अध्यापन गर्ने सहयोगी कार्यकर्तालाई साविकमा खाइपाई आएको सेवा सुविधामा २० प्रतिशतले वृद्धि गरी प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको छ । साथै पोसाक भत्ता वापत वार्षिक रु. ४ हजार एकमुष्ट दिने व्यवस्थाका लागि रु. ६० लाख विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयमा प्राज्ञिक र प्रशासकीय प्रमुखको नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रधानाध्यापकको नेपाल सरकारले तोकेको साविकको भत्तामा सतप्रतिशत बृद्धि गरिएको छ।
बालमैत्री विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याउने कुरालाई मध्यनजर राख्दै विद्यालयको भौतिक सुदृढीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । स्थानीय तहमा रहेका पुरातात्विक र परम्परागत साधन र सामग्री पुस्तान्तरणका लागि नमूना लघु संग्रहालय स्थापना गरिनेछ ।
शिक्षा क्षेत्रमा कूल रु ८ करोड ६३ लाख ९६ हजार विनियोजन गरिएको छ ।
स्वास्थ्य तर्फः
गुणस्तरीय स्वास्थ सेवा मार्फत महानगरवासीलाई सुखी र खुसी बनाउन स्वास्थ्य क्षेत्रमा रु ८ करोड ६३ लाख ९६ हजार विनियोजन गरिएको छ।
महिला, बालबालिका, अपाङ, दलित लगायतका कमजोर पक्षको सबलीकरणका लागि जोखिममा रहेका वर्गसँग मेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ।उल्लेखित समूहको समन्यायिक विकासको लागि उपमेयर कार्यक्रम संचालन गरिनेछ। यस क्षेत्रका लागि रू. ४ करोड ३१ लाख ९८ हजार बजेट विनियोजन गरिएको छ ।
वित्तीय एवं संस्थागत व्यवस्थापनलार्इ चुस्त र दुरूस्त बनाउन, लेखा प्रणालीलार्इ सुदृढीकरण गर्न, करको दायरामा नआएका करदातालार्इ करको दायरामा ल्याउन, कर्मचारीको क्षमता अभिवृद्धि गर्न र वित्तीय व्यवस्थापनलाई सूचना प्रविधिमैत्री बनार्इ सुशासन कायम राख्न रू. ३ करोड ४५ लाख ५९ हजार बजेट व्यवस्था गरिएको छ।
अन्तमा,
चालु आ.व.को हालसम्मको आय व्ययको विवरण (नगरकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट भएका आयोजनागत विनियोजन एवं संशोधन समेत), आय व्ययको संशोधित अनुमान, आगामी आर्थिक वर्षको विषय क्षेत्रगत, आयोजनागत बजेटको अनुमानित विवरण समेटिएको वार्षिक योजना पुस्तिका छिट्टै सार्वजनिक गरिनेछ। प्रस्तुत बजेट तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउनुहुने नगर प्रमुखज्यू, कार्यपालिका सदस्यज्यू, नगरसभा सदस्यज्यू, विज्ञ महानुभावहरु, राजनीतिज्ञज्यू लगायत सम्पूर्ण नगरबासी दाजुभार्इ तथा दिदीबहिनी एवम् अहोरात्र खटिने कर्मचारी मित्रहरूलार्इ हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद्
पार्वती शाह ठकुरी
उपप्रमुख
भरतपुर महानगरपालिका भरतपुर, चितवन
मिति २०७६ आषाढ १० गते मंगलबार ।