banner news
चितवन । जिल्लामा बालगृहका नाममा कानून मिच्दै बालबालिका जम्मा गरेर अर्थोपार्जन गर्ने गरेको पाइएको छ । कतिपय बालगृहलाई धर्मप्रचारको केन्द्रसमेत बनाइएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ५ को बालबालिकाको विशेष संरक्षण र पुनःस्थापनासम्बन्धी व्यवस्था गरिएको ऐनको दफा...
काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसमको खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । आयोगले आज पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य कारण मौसम...
काठमाडौँ । काठमाडौँको ढल्कुबाट एकसिंगे गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । आज दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर...
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक...
काठमाडौँ । उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण भएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय आजदेखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि...
हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको...
काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका...
काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरीद गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन प्रक्रियाबाट खरीद गर्ने...
भरतपुर । चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो । ‘सुरक्षित यात्रा हाम्रो...
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा/नगरसभामा पेश गरेको बजेट तीन दिनभित्र पठाउन निर्देशन दिइएको...

















