सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुधारको बाटोमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल


  •    /१० असार २०७६, मंगलवार १३:५७ 
  • नारायण अधिकारी
    चितवन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधारोन्मुख अवस्थामा रहेको छ । तीन वर्षअघि अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गर्न बाध्य भएको सो अस्पताल अहिले सुधारोन्मुख अवस्थामा रहेको हो ।

    अस्पतालका उपकरण बिग्रिएका, आवश्यक सामग्रीको अभाव, चिकित्सक कर्मचारीले काम नगरी निजीमा केन्द्रित भएपछि अस्पताल अस्तव्यस्त भएको थियो । चौतर्फी दबाबपछि स्थानीय प्रशासनले अस्पतालमा हस्तक्षेप गरी सुधारका लागि दबाब दिएको थियो । सो पश्चात् अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको स्थानीयवासी बताउँछन् ।

    अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले आफू प्रवेश गर्दा सङ्क्रमणकालीन अवस्थामा रहेको अस्पतालमा निकै काम गर्न सकेको बताउनुभयो । १९४ श्ययाको सो अस्पताललाई गत वर्षवाट ४४३ श्यया बनाइएको छ । सेवाको अभावमा बिरामी कम हुँदा तीन वर्षअघि सम्म दैनिक रु तीन लाखको हाराहारीमा राजश्व सङ्कलन हुँदै आएकामा अहिले बढेर रु २२ लाख पुगेको आचार्यको भनाइ छ । क्यान्सर बिरामीका लागि अत्यावश्यक मानिने रेडियोथेरापी मेशिनको अभावमा दैनिक ६० जना हाराहारीले मात्र अस्पतालमा सेवा पाउने गरेका थिए । बिग्रिएका उपकरण बनाउने र नयाँ थपिने क्रमसँगै अहिले दैनिक १६० जनाले यो सेवा पाउने गरेको अस्पतालले जनाएको छ ।

    रेडियोथेरापी विभागमा आइजिआरटीसहितको रेडियोथेरापी क्लिन्याक नाइन मेशिनबाट पहिलोपटक सेवा प्रारम्भ गरिएको छ । नेपालमा नै पहिलोपटक जडान भएको सी.टी सिमुलेटर मेशिन र शरीरको भित्री भागमा रेडियोथेरापी गर्ने ब्राकी थेरापी मेशिनबाट प्रदान गर्ने सेवा सञ्चालनमा आएको कार्यकारी निर्देशक आचार्यले जानकारी दिनुभयो ।

    कार्यकारी निर्देशक आचार्यका अनुसार प्याथोेलोजी विभागमा रहेका सम्पूर्ण उपकरणहरु सञ्चालनमा ल्याई पहिलोपटक लिक्युड वेस्ड साइटोलोजी सेवा शुरुआत गरिएको छ । यसले मुख्यतः बायोप्सीका लागि तीन महीनासम्म कुर्नुपर्र्ने बाध्यता हटेर तीन हप्तासम्ममा नतिजा आउने गरेको छ । पुरानो प्रविधिबाट हुने गरेको क्यान्सर स्क्रिनिङ सेवाको सट्टामा एलविसी नामक नयाँ उपकरणसहितको सेवा शुरु गरिएको आचार्यले बताउनुभयो ।

    दश वर्षअघि देखि बन्द रहेकोे शल्यक्रिया गर्दागर्दै बिरामीको मासु जाँच गरी क्यान्सर छ वा छैन वा कति फैलिएको छ, पत्ता लगाउने उपकरण पुनः सञ्चालनमा ल्याइएको छ । जसकारण क्यान्सर बिरामीको शल्यक्रियामा चिकित्सकलाई सहज हुने गरेको छ । अस्पतालमा अत्याधुनिक प्रकृतिको आठ वटा मोडुलर शल्यक्रिया टेबलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    यस्तै अत्याधुनिक ल्योप्रोस्कोपी मेशिनबाट दिइने सर्जरी सेवा सञ्चालन गरिएको उपनिर्देशक डा निर्मल लामिछानेले बताउनुभयो । रेडियोडायग्नोसिस विभागमा भिडियो एक्स–रे, म्यामोग्राफी, एमआरआई सेवा अवरुद्ध भएकामा मर्मतसम्भार र नयाँ खरीद गरी सञ्चालनमा ल्याइएको छ । सिटी स्क्यान, एमआरआई तथा म्यामोग्राफी सेवा लिन पालो लिनुपर्ने अवस्थाको अन्त्य भएको लामिछानेको भनाइ छ । सर्जरी विभागको गाइने, युरो, जिआई, स्तन, न्यूरो, अर्थोपेडिक शाखावाट दिइँदै आएको सेवाको अतिरिक्त शल्यक्रियाको दिनमा समेत बहिरङ्ग सेवा दिन शुरु गरिएको छ ।

    क्यान्सरका बिरामीलाई धेरै रगतको आवश्यक पर्ने गरेकामा प्लेटलेटफेरेसिस नामक उपकरण जडान गरी बिरामीलाई आवश्यक पर्ने रगत छुट्याएर एउटै रगतको पोकाबाट धेरै बिरामीलाई दिने व्यवस्था मिलाइएको छ ।

    समयमा बोलपत्र आह्वान नहुँदा हुने गरेको समस्याको अन्त्य गर्दै अस्पतालले वार्षिक बोलपत्र आह्वानको प्रक्रिया समयमा नै सम्पन्न गरी खुद्रा खरीद प्रणालीको अन्त्य गरेको जनाएको छ । आचार्यले १२ वर्षदेखि रोकिएको कर्मचारीको वृत्तिविकास एवं पदपूर्तिको काम लोकसेवामार्फत अघि बढाएको, पोखरा विश्वविद्यालयसँग सहकार्य गरेर क्यान्सर विषयमा नर्सिङ स्नातकको पढाइ शुरु गरिएको, बहिरङ्ग सेवामा टोकन प्रणाली लागू गरिएको र अस्पताल परिसरमा सिसी क्यामेरा जडान गरेर सेवालाई अझ बढी प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।

    अस्पतालले दुई स्थानमा फार्मेसी स्थापना गरी सस्तो मूल्यमा औषधि बिक्री शुरु गरेको छ । अस्पतालको सुधारसँगै उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यताबाट केही कमी आएको क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेले जानकारी दिनुभयो । अस्पतालमा गएको असोज ३ गतेबाट अध्यक्ष पद रिक्त छ । नयाँ अध्यक्षको नियुक्त गरी पु¥याउन नसकेका सेवाहरु पु¥याउन सकेमा देशको मात्र होइन एशियाको केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने लामिछानेले बताउनुभयो ।

    अस्पतालका सेवा पहिलेको भन्दा सुधार भए पनि अरू बढी सुधार गर्नुपर्ने अवस्था विद्यमान रहेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.