राष्ट्रिय
चितवन, १ असार । नारायणी नदी लगातार बढ्दै गएको छ । नदीले खतराविन्दुभन्दा साँझ ५ः३५ बजेको समयमा .८२ मिटरमाथि पुगेको हो । साँझ ५ः३५ का जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले आज दिउँसोदेखि नै खतराको तह नाघेको छ ।...
चितवन, १ असार । नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघेको हो । यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अहिले (अपरान्ह ४ बजेको समयमा) नारायणीको...
गुल्मी,१ असार । अविरल वर्षाका कारण पर्वततर्फबाट बगेर आउने सेतीखोलाको बाढीले गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । विश्वकै ठुलो शालिग्राम भएको स्याङ्गजातर्फको सेतीवेणी बजार र मन्दिर क्षेत्र समेत डुबानमा परेको छिमेकी तथा गुल्मीको कालिगण्डकी...
काठमाडौं,१ असार। कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट...
तानसेन, १ असार । पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालका अक्सिजन प्लान्ट स्थापना गर्न बजेट निकासा भएको छ । पाल्पा, स्याङ्जा, तनहूँ र नवलपरासीका नागरिकले सेवा लिने कालीगण्डकीवेशीकै ठूलो अस्पतालका रुपमा स्थापित अस्पतालमा अक्सिजन प्लान्ट र एचडिओ स्थापना गर्न सङ्घीय सरकारले...
मध्यपुरथिमि, १ असार । नेपाल भाषा संरक्षण अभियानले विधालयस्तरमा स्थानीय मातृभाषा (नेपाल भाषा)को विषय अनिवार्य अध्यापन गराउन माग गर्दै मध्यपुरथिमि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनु पर्ने माग गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई...
सप्तरी, १ असार । पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै रहेको...
कास्की,१ असार । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार छलफल गरी पारित गरिएको...
बलेवा, १ असार । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम बागलुङ बजार हुँदै...
काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ । केन्द्रीय अस्पतालका...














