सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी विकास कोषलाई स्वास्थ्य समाग्री सहयोग


  •    न्युजभित्तो/५ असार २०७८, शनिबार ०९:१७ 
  • काठमाडौं, ५ असार । चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको रु ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ ल्याइएको छ ।

    कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पिपिई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाइन्सको चार्टर उडानमार्फत् शुक्रबार बिहान काठमाडौँ आइपुगेको जानकारी दिनुभयो ।
    चिनियाँ भगिनी संस्थाको पहलमा अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राइले बताउनुभयो ।
    भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चीनको सिछुवान प्रान्तस्थित लसान जाइण्ट बुद्ध रमणीय क्षेत्रबीच तीन वर्षयता भगिनी सम्बन्ध स्थापित छ । यी दुबै युनेस्कोको विश्व साँस्कृतिक सम्पदा सूचिमा सुचिकृत छन् । लशासन पहाडमा खोपिएकोे शाक्यमुनि बुद्धको ढुङ्गाको विशाल मूर्ति विश्वकै सबैभन्दा ठूलो मानिन्छ । यसअघि लसानको तर्फबाट कोषलाई उपलब्ध गराइएको १० थान कन्सन्ट्रेटर गत आइतवार काठमाडौँ ल्याइएको थियो । असल मित्र र साझेदारको नाताले लसानले कठिन समयमा नेपाललाई सद्भावको स्वरुप ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.