सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे


  •    न्युजभित्तो/५ असार २०७८, शनिबार ०८:५२ 
  • महेन्द्रनगर ५ असार । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ ।
    सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ । “ डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदूरी गर्न जादैछु”, कञ्चनपुरको पुर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिडेका दिपेन्द्र खड्काले भन्नुभयो, “ यहाँ बसेर कोरोनाबाट त बाच्यौ तर भोकले मर्ने स्थिती बनेपछि मुग्लान जानुको विकल्प रहेन ।”

    कोरोना कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुखःद कुरो भएको बताउनुभयो । “ कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जिविका चलाउने मन थियो”, उहाँले भन्नुभयो,“ पारिवारिक अवस्था कम्जोर त्यो सम्भव भएन् ।” गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीडभाड रहेपनि अहिले कोरोना कम हुँदा कामका लागि भारतको विभिन्न शहर जाने क्रम चलिरहेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य नै दशकौदेखि भारत नै हो ।

    डोकेबजारस्थित प्रहरी चौकीका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले गत जेठ महिनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार सात सय भन्दा बढी नेपाली भारत रोजगारीका लागि गएको जानकारी दिनुभयो । “ भारतबाट स्वदेश फर्किनेहरुलाई गन्तव्यमा पु¥याउन नाकामै बसको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “ बसहरु गन्तव्यमा यात्रु पु¥याएर फर्किदा त्यसैमा भारत जाने आउछन ।”

    उहाँले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालिकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जान यहाँ आइरहेको बताउनुभयो ।
    प्रहरी नायव निरीक्षक शाहीका अनुसार गत जेठमा यहाँको नाकाबाट २४ हजार नेपाली स्वदेश फर्किएका थिए । “ अहिले त महिला, बालबालिका गरी सिङ्गो परिवारसहित भारत गइरहेका छन्”, उहाँले भन्नुभयो, “ यो नाकाबाट दिल्ली, मुम्बै, पुना, गुजरात लगायतका शहरमा बढी जादा रहेछन् ।”

    त्यसैगरी शुक्रबार श्रीमानसहित कामका लागि भारतको पञ्जाव जान लागेकी डडेल्धुराकी धनादेवी जोशीले आफूहरु लामो समयदेखि भारतमा रोजगारीमा रहेर परिवारको जिविका चलाउँदै आएको बताउनुभयो । “ यहाँ त कोरोनाको बेलामा कामसमेत पाउँने स्थिती छैन”, उहाँले भन्नुभयो, “ कोरोनाको समयमै रोगले भन्दा भोकले मर्ने चिन्ताले परिवारसहित भारत जादैछौं ।”

    केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारत जान सहज गरेका कारण नेपालीहरु दैनिक रुपमा भारत जाने क्रम बढ्दै गएको हो । शुक्रबारको तथ्याङ्क हेर्दा गौरीफन्टा नाकाबाट ७ सय जना भन्दा र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भारत जाने क्रम यहाँका नाकाबाट बढेको बताउनुभयो । “ कोरोना कहर कम हुँदै जादा आउनेहरु घटेका छन्”, प्रवक्ता थापाले भन्नुभयो,“ नाका खुलिनसकेकाले भारतीयलाई भने यहाँ आउन दिइएको छैन् ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.