सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुणस्तरीय शिक्षा नै मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ


  •    न्युजभित्तो/१२ मंसिर २०८३, शुक्रबार १४:२८ 
  • हेटौँडा, ११ मङ्सिर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले शिक्षा क्षेत्रमा बजेट कार्यान्वयन गर्नु मात्र लक्ष्य नभई गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य उद्देश्य हुनुपर्ने बताउनुभएको छ।

    शिक्षा विकास निर्देशनालय, हेटौँडाद्वारा आज आयोजित ‘न्यून साक्षरता भएका स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम’को अभिमुखीकरण कार्यक्रममा उहाँले अति विपन्न, पिछडिएका, सीमान्तकृत तथा लोपोन्मुख समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

    “बजेटको कार्यक्रममा काम गर्नु मात्रै हाम्रो लक्ष्य होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो लक्ष्य हो”, मन्त्री तामाङले भन्नुभयो, “कार्यक्रम सम्पन्न भयो भन्नेमा मात्रै सीमित भयौँ भने अपेक्षित परिणाम आउँदैन।”

    उहाँले नेपालको भूगोल, स्रोत, जनजीवन र आवश्यकताअनुसार मौलिक तथा व्यवहारिक शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो। सूचना प्रविधिको विकाससँगै शिक्षा प्रणालीलाई पनि समयानुकूल, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो।

    स्थानीय तह नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको सरकार भएकाले शिक्षाको गुणस्तर सुधारमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री तामाङले आधारभूत तहदेखि नै प्रभावकारी शिक्षा प्रदान गर्न सके मुलुकको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।

    शिक्षा विकास निर्देशनालयका निर्देशक गोपाल प्रसाद कडेलको अध्यक्षतामा भएको कार्यक्रममा न्यून साक्षरता भएका स्थानीय तहमा सञ्चालन हुने शैक्षिक गुणस्तर सुधार कार्यक्रमको कार्यान्वयन, चुनौती तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गुणस्तरीय शिक्षा नै मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ
    राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट
    चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता
    • चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.