सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जङ्गली जनावरका लागि सामुदायिक वनमा पोखरी निर्माण


  •    न्युजभित्तो/५ असार २०७८, शनिबार ०९:३५ 
  • तनहुँ, ५ असार । डिभिजन वन कार्यालय तनहुँले जङ्गली जनावर र मानव बीचको द्वन्द्व न्यूनिकरणको लागि सामुदायिक वनमा १५ वटा पानीको पोखरी निर्माण गरेको छ । जिल्लाको भानुनगरपालिकामा–१२,बन्दिपुरमा दुई र देवघाटमा एक पोखरी निर्माण गरेको हो । डिभिजन वन कार्यालयबाट दश र जिल्ला वन पैदावर समितिबाट पाँच पोखरी निर्माण गरिएको

    जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्ध न्यूनिकरणको लागि रामवाण जस्तै बन्न पुगेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।
    तनहुँमा वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको उहाँले बताउनुभयो । वन्यजन्तुलाई चाहिने पानी वनजङ्गल छेउमा नभएपछि पानीकै लागि मानव बस्ती पस्दा दुर्घटना हुने गरेको पत्ता लागेपछि पोखरी निर्माण कार्यलाई प्राथामिकता दिइएको उहाँले बताउनुभयो ।

    पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यस वर्ष जङ्गलमा आगलागि भएको छैन, चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको जनाइएको छ । पानीको अभावमा मानव र वन्यजन्तु द्धन्द्ध बढेकाले न्यूनिकरणको लागि चालु आर्थिक वर्षमा पोखरी निर्माण गरिएको हो । कार्यालयले विनियोजन गरेको १२ लाख ५० हजार रुपैयाँमा पोखरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
    जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको सो कार्यालयले जनाएको छ ।

    आव २०७४÷०७५ देखि २०७७÷०७८ तीन वर्षमा तनहुँमा दश बालबालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका प्रशासन शाखाका अधिकृत पुष्प खनालले जानकारी दिनुभयो । वन्यजन्तुको आक्रमणबाट नौ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था हेरी रु २० हजार देखि रु।दुई लाखसम्म क्षतिपूर्ति दिने गरिएको उहाँले बताउनुभयो । चितुवाको आक्रमणबाट मृत्यु भएकालाई क्षतिपूर्ति वापत रु।एक करोड ५४ लाख १३ हजार ३८ राहत बितरण गरेको सो कार्यालयले जनाएको छ । वन्यजन्तुबाट बाख्रा १०४, गाई १४, भैँसी तीन, सुँगुर बँगुर १२ र भेडा चार वटामा क्षति पुगेको छ । सोवापत रु।६ लाख २३ हजार ८५० क्षतिपूर्ति प्रदान गरिएको छ ।
    वन कार्यालय तनहुँले जङ्गलमा पोखरी निर्माण गर्न तथा जथाभावी जङ्गलका रुख ढालेर डोजरे विकास नगर्न जिल्लाका दश वटै पालिकालाई आग्रह गरेको छ ।

    हाँस बिक्री नहुँदा चिन्ता

    बिक्रीको लागि तयारी अवस्थामा पुगेको हाँस बन्दाबन्दीका कारण बिक्री नहुँदा यहाँका हाँस व्यवसायीलाई चिन्तित बनाएको छ । व्यासनगरपालिका–१३ निवासी इश्वराज पन्थले पाल्नु भएको स्थानीय हाँस आफ्नो फार्ममा अझै बिक्री नभएर फार्ममा रहँदा उहाँलाई चिन्ताले पिरलेको छ । उहाँको फार्ममा करिब रु।एक करोड बीस लाख बराबरको हाँस बिक्री हुन नसकेर रहेको छ ।

    शुरुमा दश हजार हाँस राख्नुभएका उहाँकोमा अहिले करिब सात हजार हाराहारी हाँस छन् । निषेधाज्ञा नखुल्दा दैनिक रु।५० हजार बढीको दाना खुवाएर पाल्नुपर्ने बाध्यता छ । पटक पटक निषेधाज्ञाको अवधि थपिदै जाँदा हाँसलाई दाना खुवाउन समेत धौ धौ भएको छ । उहाँले भन्नुभयो, “अघाउने गरी दाना दिने हो भने दिनमै सवा लाखको दाना खाइदिन्छ, त्यसैले जेनतेन तरिकाले पाल्नुपरेको छ ।”

    दोस्रो भेरियन्ट सहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आव्हान गरेपछि बजारका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
    किसान पन्थले दुई वटा फार्म दर्ता गरी सोही वडाको गुँदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की पाँच सय पाल्नुभएको छ भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस छुट्टाछुट्टै तरिकाले पाल्दै आउनुभएको छ ।
    दुई स्थानमा बस्ने घर निर्माण, जग्गा खरीद र फार्मको लागि आवश्यक संरचना निर्माण गर्दा करिब रु।१४ करोडको लगानी गरी फार्म सञ्चालनमा ल्याइए पनि पहिलो गाँसमै ढुङ्गा लागे जस्तो भएको पन्थले बताउनुभयो ।

    किसान पन्थले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुई वटा फार्म सञ्चालन गरी व्यावसायीक रुपमा व्यवसाय थाल्नुभएको हो । बन्दाबन्दी पश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखेपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म खुद्रा मासु बिक्री हुने गरेको छ । बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत कठिनाई भोग्नुपरेको किसान पन्थले बताउनुभयो ।
    हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो अर्डर लिएर बेलुका घरघरमा पु¥याइदिने गरिएको छ । उहाँले भन्नुभयो, “दाना खुवाउन पनि समस्या हुनथालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो ।” निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हुदैन्थ्यो । उहाँले भन्नुभयो, “होटल तथा रेष्टुरेन्टहरुमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।” केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज सुकुटी रु।एक हजार पाँच सयमा बिक्री गर्ने गरी प्याकेजिङ कार्य समेत अनिता ढकाल पन्थले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.