सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण


  •    न्युजभित्तो/५ असार २०७८, शनिबार ०७:३६ 
  • कञ्चनपुर, ५ असार । होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ ।
    कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलव्ध गराइएको हो । वितरण गरिएका किटको मूल्य झण्डै १२ लाख बढी रहेको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताउनु भयो ।
    “कोरोना सङ्क्रमितको सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप वल पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेका छौं”, उहाँले भन्नु भयो, “कोभिड संक्रमण भई घरमै होम आइशोलेसनमा बस्दै आएका बिरामीहरुका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्युनतम मापदण्ड अनुरुप आइसोलन तथा सरसफाई किट वितरण गरिएको छ ।”
    सबै पालिकामा करिब ३९८ थान किट वितरण गरिएको छ । रेडक्रसका प्रतिनिधि र परियोजना कर्मचारीले स्थानिय तहका कार्यालयमै पुगेर सामग्री हस्तान्तरण गर्नु भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.