सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता


  •    न्युजभित्तो/१२ मंसिर २०८३, शुक्रबार ११:०८ 
  • हेटौँडा, ११ मंसिर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले विद्यार्थीका शैक्षिक समस्या तथा विद्यालयका भौतिक पूर्वाधारसम्बन्धी आवश्यकता सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित ‘विद्यार्थीसँग सामाजिक विकासमन्त्री’ कार्यक्रममा सहभागी विद्यार्थीका गुनासा सुन्दै मन्त्री तामाङले उनीहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको र समाधानका लागि आवश्यक पहल गर्ने बताउनु भएको हो ।

    कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा भोग्नुपरेका शैक्षिक समस्या, शिक्षण सिकाइको अवस्था तथा विद्यालयमा आवश्यक सुविधाका विषयमा मन्त्रीसमक्ष आफ्ना जिज्ञासा र गुनासा राखेका थिए । विद्यार्थीहरूले गुणस्तरीय शिक्षाको सुनिश्चितता, विद्यालयको भौतिक संरचनामा सुधार तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्ने विषय उठाएका थिए ।

    विद्यार्थीका गुनासा सुनेपछि मन्त्री तामाङले उठाइएका विषयको सम्बोधनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीले निर्धक्क भएर आफ्ना समस्या र आवश्यकता राख्न पाउनु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उहाँले विद्यार्थीका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानको प्रयास गरिने बताउनुभयो ।

    मन्त्री तामाङले विद्यालयमा आवश्यक थप भवन निर्माण, खेलकुद सामग्रीको व्यवस्था तथा सुविधासम्पन्न शौचालय निर्माण र व्यवस्थापनका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    विद्यालयको शैक्षिक वातावरण प्रभावकारी बनाउन भौतिक पूर्वाधार र आवश्यक शैक्षिक सामग्रीको उपलब्धता महत्वपूर्ण हुने उहाँको भनाइ थियो । विद्यार्थीले अध्ययनसँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सहभागी हुने अवसर पाउनुपर्ने भन्दै उहाँले विद्यालयको आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग जुटाउने प्रयास गर्ने बताउनुभयो ।

    विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र आवश्यक पूर्वाधार विकासका लागि सरकार, विद्यालय प्रशासन तथा समुदायबीच सहकार्य आवश्यक रहेको कार्यक्रमका सहभागीहरूले बताएका थिए ।

    सो अवसरमा पूर्व मन्त्री एकलाल श्रेष्ठ, प्रदेश सिटिईभिटीका निर्देशक शान्ति लामा, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षक–कर्मचारीको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता
    चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति: भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
    • विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
    • पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल
    • अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धिमा महासङ्घको भूमिका प्रशंसनीय : मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.