राष्ट्रिय
भरतपुर : चितवनमा पछिल्लो २४ घन्टामा ३९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज आइतबार एकैदिन ३९ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या ५१ जना रहेको छ । चितवनमा आइतबार कोरोना संक्रमणका कारण कसैको मृत्यु भएन...
काठमाडौं, : आगामी बुधबार बालुवाटारमा बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । शनिबार बादलको नेतृत्वमा...
काठमाडौं : दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि कुटपिट भएको छ। मेडिकल अफिसर डा रोविश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारमाथि मदिरा सेवन गरी अस्पतालमा पुगेका केही व्यक्तिहरुले कुटपिट गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका...
किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
काठमाडौं,: गण्डकी प्रदेश सरकारका ४ जनामध्ये २ जनालाई जिम्मेवारी (मन्त्रालय) तोकिएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै मन्त्रीको शपथ लिएका कुमार खड्का र मधुमाया अधिकारीले मन्त्रालय पाएका हुन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादी केन्द्रबाट मन्त्री...
मध्यपुरथिमि : महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय...
दमौली, : पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो । यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई...
कर्णाली : गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो । राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो...
काठमाडौँ : शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा लागेर अर्र्को विधामा महत्वपूर्ण योगदान गर्ने महिलालाई समर्पण गरिने प्रशासनिक महिला प्रतिभा...
विराटनगर : सुनसरीको कोशी गाउँपालिका- ८ मा तीन वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आइतबार बिहान पूर्वपश्चिम राजमार्गको कोशी गाउँपालिका-८ खण्डमा माइक्रो बस ९हाइस०ले मोटरसाइकल र पिकअप भ्यानलाई ठक्कर...













